सेभियाको सहज जित

मड्रिड । कोरोना महामारीपछि सुरु भएको स्पेनिस ला लिगाको पहिलो खेलमा सेभियाले सहज जित निकालेको छ । ‘डर्वी’ खेलमा सेभियाले रियल बेटिसमाथि २–० को सहज जित निकालेको हो ।

घरेलु मैदान रामोन सान्चेज पिज्जुवान स्टेडियममा सेभियाको सहज जितमा लुकास ओकम्पास र फर्नान्डोले गोल गरे दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । प्रतिस्पर्धात्मक खेलको १०औं मिनेटमा लुकास ओकम्पासको प्रहार पोस्टमा लागेर बाहिरिँदा सेभियाले खेलमा अग्रता लिनबाट चुकेको थियो । १९औं मिनेटमा ओकम्पासले नै मौका खेर फाल्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

प्रकाशित मिति ३२ जेष्ठ २०७७, आईतवार ०२:४२