बन्ने भयो ‘कालुराम’

काठमाडौँ । चीनबाट फैलिएको कोरोना भाइरसका कारण विश्व फिल्म बजार नै तहसनहस भएको छ । हलिउडरबलिउड जस्ता ठूलो उद्योगका अर्बौरकरोडौं लगानीमा निर्माण भएका फिल्मको प्रदर्शन अड्किएका छन् भने विश्वका हजारौं सिनेमा हलहरु बन्द छन् । नेपाली फिल्म क्षेत्रलाई पनि कोरोनाले थिलथिलो बनाएको छ । विगत तीन महिनादेखि फिल्म क्षेत्रका हरेक गतिविधि ठप्प छन् ।

सरकारले लकडाउनभन्दा घोषणा गर्नुभन्दा अगाडि केही फिल्म फ्लोरमा थिए । तर, लकडाउनपछि निर्माताले अधुरैमा फिल्मको छायांकन रोक्नु पर्‍यो । जसले गर्दा निर्मातालाई ठूलो आर्थिक क्षति भएको छ । अब, पुनः फिल्मको छायांकन गर्ने वातावरण कहिले बन्छ, कुनै टुंगो छैन । यद्यपि, फिल्मकर्मीहरु सशर्त फिल्मको छायांकन अनुमति दिन सरकारसँग माग गरिरहेका छन् ।

सरकारले छायांकन अनुमति दिए केही निर्मातारनिर्देशकहरु फिल्मको छायांकन सुरु गर्ने तयारीमा छन् । निर्देशक दिनेश पौडेल पनि सरकारको निर्णयको प्रतिक्षामा छन् । ‘द मस्ट वान्टेड’ फिल्मबाट निर्देशकिय यात्रा सुरु गरेका उनी लकडाउन खुलेपछि फिल्म ‘कालुराम’ को छायांकन सुरु गर्दैछन् । फिल्मको स्क्रिप्ट ‘लक’ भैसकेको छ भने केही कलाकार पनि छनौट भैसकेका छन् ।

निर्देशक पौडेलले फिल्मको तीनवटा गीतको रेकर्डिङ्ग पनि सकाएका छन् । उनका अनुसार, फिल्मका लागि केही कलाकारको खोजी भैरहेको छ । कमला ढकालले निर्माण गर्ने फिल्म समसामयिक प्रेम कथामा बन्ने बताइएको छ । युवापुस्ता लक्षित फिल्म निर्माण गर्न लागेका निर्देशक पौडेलले ‘कालुराम’ लाई उत्कृष्ट बनाउन आफ्नो तर्फबाट कनै कसर नछाड्ने बताएका छन् ।

प्रकाशित मिति ५ असार २०७७, शुक्रबार १२:३१