कृषिक्रान्ति अभियान्ता एंव पूर्व साँसद ऋषिकेश तिवारीको राजनितिक सँगै उद्यमशीलताको बाटो

राजनीतिको गोलचक्र र गरिबीको दुष्चक्रका कारण गाउँमा मानिसको बसोबास पातलिदै गएको छ । क्षणिक सन्तुष्टि र सुबिधालाई ध्यानमा राखेर हुने गरेको बौद्धिक पलायन ( Brain drain ) र जीवन धान्नकै लागि विदेशतिर भौतारिनु पर्ने बाध्यताले सिर्जित सिप पलायन (Skill Drain) ले नेपाली गाउँलाई दक्ष जनशक्ति विहिन बनाउँदै लगिरहेको छ । यो निरन्तर जारी रही रहने हो भने हाम्रो शान र मान (Prestige and Value) टुट्न सक्छ । यस्तो अवस्था आयो भने गाउँ समुदायले सहजसँग जीवन जीउन सक्ला ? यहि प्रश्नको उत्तर खोज्न मैले राजनितिसँग सामजिक उद्यमशीलताको बाटो रोजेको हुँ ।

मानिसहरुलाई गाउँमै राख्ने र गाउँलाई समृद्धि बनाउने मेरो सोच २०५२/ ५३ सालतिरबाट सुरु भएको हो । यसै अभियान अन्तर्गत हामीले तत्कालिन पर्वतको मुडिकुवा गाउँविकास समितिमा सामजिक उद्यमशीलताका माध्यमवाट युवाहरुलाई गाउँमै राख्न सकिन्छ, गाउँमै कमाउन सकिन्छ र गाउँमै रमाउन सकिन्छ भन्ने सुन्दर अभियानसँग जोडेका हौं, जसको सुरुवात ३ ‘ज’ को सुत्रले ग्रामिण क्षेत्रमा महत्वपूर्ण स्रोतका रुपमा रहेका तर सहि सदुपयोग हुन नसकेका स्रोतको पहिचान गरी सामजिक उद्यमशीलतातर्फ उन्मु हुन सबैलाई प्रेरित गरिरहेको छ ।

  • जसमा पहिलो ‘ज’– जहाँ छौ त्यहीबाट सुरु गरौँ । यसको अर्थ हामीले गाउँलाई नै आफ्नो अर्कथलो रोजौँ र त्यहीबाट समन्नतिको बाटो कोर्न अभियान सुरु ग¥यौँ । त्यसका लागि दोस्रो ‘ज’– जे छ त्यसैबाट काम सुरु गरु गरौँ भन्ने अभियान चलायौँ । जसमा हामीले स्थानीयस्तरमा भएको स्रोतलाई नै गाउँको दिगथो विकासको आधार बनायौँ । त्यही आधारमा टेकेर तेस्रो ‘ज’– जति छ त्यतिबाट सुरु गरौँ भन्ने निष्कर्षमा पुग्यौँ ।

जसमा पहिलो ‘ज’– जहाँ छौ त्यहीबाट सुरु गरौँ । यसको अर्थ हामीले गाउँलाई नै आफ्नो अर्कथलो रोजौँ र त्यहीबाट समन्नतिको बाटो कोर्न अभियान सुरु ग¥यौँ । त्यसका लागि दोस्रो ‘ज’– जे छ त्यसैबाट काम सुरु गरु गरौँ भन्ने अभियान चलायौँ । जसमा हामीले स्थानीयस्तरमा भएको स्रोतलाई नै गाउँको दिगथो विकासको आधार बनायौँ । त्यही आधारमा टेकेर तेस्रो ‘ज’– जति छ त्यतिबाट सुरु गरौँ भन्ने निष्कर्षमा पुग्यौँ । सुरुको दिनमा यो सुत्र प्रतिपादन गदाए कतिले मजाकको रुमाप लिए । तर, समय बदलियो त्यससँगै मानिसहरुको सोच बद्लियो, मानिसको सीप बदलियो र उनीहरुको क्ष्मता पनि बदलियो । हिजो हाम्रो सुत्रलाई मजाकका रुपमा लिनेहरु यतिबेला त्यही सुत्रलाई गाउँ विकासको आधारभूत आधारमा मान्न थालेका छन् ।

हामीले सुरुका दिनहरुमा गाउँमा भएका स्रोतलाई केन्द्रमा राखेर आर्थिक विकासका गतिविधिहरु संचालन गर्ने सोच बनायौँ । त्यसका लागि पर्वतको मुडिकुवालाई नमुना गाउँका रुपमा छनोट ग¥यौँ । मुडिकवा गाउँ आफैमा स्रोतका हिसाबले मध्यमखालको मानिन्छ । यहाँ पाईने विभिन्न प्रजातिका वनस्पति र फलफुलहरु लामो समयदेखि उपयोगमा नआएको र त्यसको महत्व पनि गाउँलेले नबुझिरहेको अवस्थामा त्यसको मौद्रिक मुल्य र उपयोगितातर्फ गाउँलेहरुलाई मान्दै सानो–सानो समृद्धि लुकेको हुन्छ भन्ने मान्यतालाई पछ्याउदै गाउँमा उपलब्ध लपसी, अमला, बनमारा, तीतेपाती, खिर्रो असुरो प्रजातिका फफुल र वनस्पतितर्फ हाम्रो ध्यान सिधै तानियो । र सुरु ग¥यौ त्यसका बारेमा अध्ययन–अनुसन्धान । हाम्रो निष्कर्ष थियो –यिनै स्रोतबाट गाउँको दिगो विकास सम्भव छ ।छन् तर गाउँलेको जीवन बदल्ने सामजिक उद्यामशीलतालाई व्यवस्थित बनाउन हामी आफैले चार प्रश्नको प्रतिपादन ग¥यौँ । यी प्रश्न हेर्दा सामान्यजस्तो लाग्छन् तर गाउँको जीवन बदल्ने मुख्य आधारको रुपमा ह ामीले प्रयोग गर्ने बिधो ग¥यौँ । गाउँको विकासका लागि हाम्रो पहिलो प्रश्न हो–गाउँमै कमाउने र रमाउने बनाउने कसरी ? यो प्रश्नसँगै गाउँमा रहेका बेरोजगार युवाहरु आफैभित्र आन्दोलित हुन थाले । खाडी जानुभन्दा गाउँमै केही गर्न पाए हुन्थ्यो भने सकरात्मक विचार देखिन थाल्यो । त्यसैलाई आधार बनाउँदै गाउँका थानेश्वर, जितवहादुर, दिपक, कृष्ण गौतमजस्ता युवाहरु गाउँमा कमाउन सकिन्छ भन्ने आशामा अघि बढ्न थाले । तिनीहरलाई आवश्यक सिप र तालिमको पनि व्यवस्था हामीले ग¥यौँ । अन्तत : थानेश्वर, जितवहादुर, दिपक, कृष्ण गौत्तम, लक्ष्मी गौडेल, राजु सापकोटाहरुले व्यावसायिक रुपमै गाउँमा आफ्नै बारीमा आर्गानिक खेतीको सुरुवात गरे । त्यसका लागि संस्थागत रुपमा उनीहरुलाई प्राविधिक तथा आर्थिक सहयोग पनि दिन थालियो । उनीहरुको मिहिनेत र हाम्रो प्रयासको अनौठो संयोजन भयो । यससँगै गाउँबाट विदेश जानेहरुको लर्को घटन थाल्यो ।

गाउँका युवाहरु खाडी जानेका लागि तयार पारेको पासपोर्ट लगायतका कागजातहरु थन्क्याएर आफ्नै खेतीबारीमा रम्न थाले । त्यो रमाइसँगै गाउँमा कृषिलाई उद्योगका रुपमा विकास गर्नुपर्छ भन्ने पहिले देखियो हामे सोच नयाँ प्रश्नका रुपमा आयो । कृषिलाई उद्योग र किसानलाई उद्यमी बनाउन सकियो भने साँच्चि नै गाउँको स्वरुप र गाउँलेको जीवनस्तर निके माथि उठाउन सकिन्छ भन्ने पहलिो प्रश्नको उत्तरले हामीलाई आधार दिएको थियो । यससँगै गाउँमा उपलव्ध भएका फलफुल तथा वनस्पतिको समूचित प्रयोग गरी सामजिक उद्यमशीलताको विकासमा हामी जुट्यौँ ।
जसका लागि हामीले दोस्रो प्रश्न– कृषिलाई यद्योग र किसानलाई उद्यमी कसरी बनाउ ? भन्ने बहस चलायौँ । कृषि प्रधान देश मात्र होईन जैविक विविधता र संग्रिलाका हिसाबले विश्वमै परिचित मुलुकका ग्रामीण जनताको जीवनमा परिर्वतन ल्याउन कृषिलाई औद्योगिकीकरण तर्फ डो¥याउन जरुरी छ । किनकी औद्योगिकीकरणतर्फ नडो¥याएसम्म दिगो समृद्धि हासिल गर्न सकिँदैन । त्यससँगै किसानलाई उद्यमीका रुपमा अघि बढाउने निधो ग¥यौँ । त्यसका लागि स्थानीय स्तरमा उपलब्ध लप्सी, अमला, आँप, आरु आरुबखडा लगायतका फलफुल संकलन, तिनको प्रशोधन र उत्पादनतर्फ केही उद्यमीलाई अघि सा¥यौँ, जसको लगनशिलता र मिहिनेतले यतिबेला मुडिकुवामा सामुदायिक खाद्य प्रशोधन उद्योग संचालनमा छ । उद्योगले लप्सीबाट अचार, जाम, क्याण्डी, तिरौँला, धुलो र छोपजस्तो वस्तु उत्पादन गर्छ । भने त्यसैगरी अमला लगायतका अन्य फलफुलबाट पनि त्यस्तै प्रकृतिका वस्तुहरुको उत्पादन हुन थालेपछि अहिले नेपाली बजारमा यी उत्पादन निक्कै लोकप्रिय हुँदै आएका छन् ।

नेपाली बजारमा लोकप्रियता पाएलगत्तै अन्तर्राष्ट्रिय बजारमा पनि दिनहुँ यसको माग बढ्दो छ । अन्तर्राष्ट्रिय बजारमा माग बढेपछि पछिःmा बर्षमा मुडिकुवा लगायत पर्वत जिल्लाका एक दर्जनभन्दा बढि वडामा लप्सी रोप्ने र समृद्धि खोज्नेहरुको अभियान नै चलेको छ । थनेश्वरको उद्यमशीलताले पर्वत जिल्लामै कृषि उद्योग र किसानलाई उद्यमी बनाउन लहर चलाएको छ । यो सफलतासँगै उनको उद्यमशीलतालाई पछ्याउनेहरु पछिल्ल दिनमा निकै बढेका छन् ।
यो सफलतासँगै हामीले तेस्रो प्रश्न– अरुहरुलाई पनि गाउँमै बसूँबुसूँ तुल्याउने कसरी ? भनेर चिन्तन मनन् मात्र गरेनौँ युवाहरुको जोस, जाँगर र सीपको सम्मिलन गरी अघि बढ्यौँ । जसले केही मात्रामा भएपनि आशाको सञ्चार गराइरहेको छ । यस अभियानमा पर्वतका केही युवाहरु जोडतोडका साथ लागिरहेका छन् । गाउँमा सम्मानपूर्ण जीवन जिउनका लागि आवश्यक आम्दानी नभएसम्म मानिसलाई गाउँ बस्नुको कुनै अर्थ हुँदैन । त्यसैले गाउँले युवाहरु पछिल्ला बर्षमा गाउँ बस्नुको कुनै अर्थ हुँदैन ।

त्यसैले गाउँले युवाहरु पछिल्ला बर्षमा गाउँ छोडेर खाडीतर्फ तानिएका छन् । त्यसलाई रोक्न गाउँको प्राकृतिक सौन्दर्यता, जैविक उत्पादन, त्यहाँको परम्परा, संस्कृति र ग्रामीण परिवेशलाई उत्पादनकै रुपमा स्थापित गदै त्यसको बजारीकरण गर्न सके खाडीतर्फको लर्को फेरि गाउँ फर्किने निश्चित छ । यससँगै अरुलाई पनि बसूँबसूँ जस्तो बनाउन सकिन्छ । त्यसका लागि युवा पुस्तालाई सामजिक उद्यमी बनाउन अपरिहार्य छ । सामजिक यद्यमी बनाउने अभियान मुलत : सामजिक उद्यमशीलतासँग जोडिएको सवाल हो । सामजिक उद्यमशीलताले उद्यमीलाई नाफा आर्जन गर्न, सम्मानपूर्वक जीवन व्यतित गर्न साथसाथै समाजमा विद्यमान समस्याहरुको पहिचान गर्न र तिनीहरुको समाधानका लागि अगुवाइ गर्ने हैसियत राख्दछ । यदि यो हैसियतमा गाउँका युवाहरुलाई पु¥याउन सकियो भने गाउँ छोडी टाढा–टाडा कमाइकै लागि विभिन्न देशमा कठिन, खतरानाक र फोहोरी (Difficult Danger and Dirty) कामहरु गरी आफ्ना उत्पादनशील जीवन बिताउनुपर्ने बाध्यतालाई छोट्याउन सकिन्छ ।

  • जसबाट सामजिक उद्यमशीलताको विकास र विस्तार भई स्वावलम्बनको सञ्चार हुनेछ । यससँगै हामीले आफ्नो काम आफैँ गर्नुपर्छ, हरेकले हरेक कामको सम्मान गर्नुपर्छ, त्यही सम्मानमा समृद्धि लुकेको हुन्छ र समृद्धिले नै देशको मुहार फेर्न सक्छ भन्ने कुरा स्थापित गर्न सकिन्छ ।

त्यसका लागि हाम्रो चौथो प्रश्न–युवाहरुलाई सामजिक उद्यमी बनाउने कसरी यो अभियान पर्वतमा हाम्रा होईन देशका समग्र ग्रामिण क्षेत्रसम्म पु¥याई त्यहाँको युवा जनशक्तिलाई त्यहाँको स्रोत साधन प्रयोग गरी उद्यमशील बनाउने अभियानमा हामी लागेका छौँ । यसैका लागि मुडिकुवामा कृषक स्रोत विकास केन्द्र ( armers Resource Development Center ) स्थापना गरिदै छ । उक्त कृन्द्रमा देशभरिका युवाहरुले सामजिक उद्यमशीलताका बारेमा तालिम लिनेछन् र सामजिक उद्यमशीलतालाई देशव्यापी बनाइनेछ । यसैसँगै देशका ग्रामिण वस्तीहरुमा समृद्धि हाँक्ने हिम्मती उद्यमीहरुको उपस्थिती बाक्लिदै जानेछ । जसबाट सामजिक उद्यमशीलताको विकास र विस्तार भई स्वावलम्बनको सञ्चार हुनेछ । यससँगै हामीले आफ्नो काम आफैँ गर्नुपर्छ, हरेकले हरेक कामको सम्मान गर्नुपर्छ, त्यही सम्मानमा समृद्धि लुकेको हुन्छ र समृद्धिले नै देशको मुहार फेर्न सक्छ भन्ने कुरा स्थापित गर्न सकिन्छ ।

यी प्रश्न समृद्धिका प्रतिक हुा, जसको प्रयोग गाउँगाउँबाट हुन जरुरी छ । त्यसैका लागि मुडिकुवाले लप्सीलाई आधार मानेर स्रोतको पहिचान सहित सामजिक उद्यमशीलताको अभियान सुरु गरे को हो । यो अभियान चलाइरहँदा देहका हरेक क्षेत्रमा भएका स्रोतको पनि सदुपयोग हुने अवसर सिर्जना गर्न सकियो भने ग्रामिण क्षेत्रका बासिन्दाहरुको जीवनस्तरमा सुधार आनुका साथै मनमा शान्ति र अनुहारमा क्रान्ति छाउने निश्चित छ । यो हाम्रो अभियान निरन्तर जारी छ । यसका लागि आवश्यक छ–सामजिक उद्यमशीलता र उद्यमीहरुको सहकार्य ।

उक्त सामग्री हामीले राजनितिज्ञ एवम् सामजिक अभियान्त ऋषिकेश तिवारीद्धारा लिखित सामजिक उद्यमशीलता पुस्तकबाट साभार गरेका हौँ ।

प्रकाशित मिति ६ असार २०७७, शनिबार ०८:४६