पर्वते खानीगाउँको कथा

तेसै गाउँका मान्छेहरूले खानीमा फलाम खन्थे, बेच्थे र आम्दानी गर्थे । लेकका मान्छेहरू आलुसंग फलाम सटानी गर्थे, विहादीका मान्छेहरू कोदो, धानसंग फलाम सटानी गर्थे । युगौंदेखि यही रितिरिवाज चलिरहेको थियो । आलु फलाउनेले होस् वा धान फलाउने र खानीगाउँमा खटिएर फलाम निकाल्ने, सबैको जीवनका आवश्यकताहरू चलेकै थिए ।

तेतिवेलाका मान्छेहरू धेरै महत्वाकांक्षी थिएनन् । आवश्यकताहरू अमेरिका (प्रजातन्त्र) रूस (साम्यवाद) जर्मनी (समाजवाद) का जस्ता थिएनन् । उनीहरू खाट्टी नेपाली थिए । तेसैले होला गाउँगाउँका अर्थतन्त्रहरू प्राकृतिक रूपमा आत्मनिर्भर र चलायमा थिए । लेनदेन र कामहरू पैचो तथा पर्मू ले चल्थे भने सामाजिक कामहरू मन्दिर, गुठीहरूबाट हुन्थे । तेहा पूंजीवाद र साम्यवादको रडाको र विदेशी कन्सल्टेन्सहरूको अपवित्र छाँया थिएन । दुस्ख थियो तर अन्तराष्ट्रिय दुखहरू थिएनन् ।

घरघरमा पालिने गाईभैसीको दूधले जनता रसिला थिए । घरघरमा रोपिने धान, मकै र कोदोले मान्छेहरू स्वास्थ्य नै थिए । उखुले गुलियो भेली बन्थ्यो । निवुआले अमिलो र घरघर पाइने तोरीकोलबाट तोरीको तेल मिल्थ्यो । लेकका मगरनीहरूले राडीपाखी र कोराको उत्पादन गर्थे । लुगाफाटो पनि आफ्नै अनि, असुरो, पाती, गुजर गानो, तुलसी, सिस्नो, जङ्गली मेथी जस्ता जडीबुटीहरू रोग बाट जोगिन मदत मिलेकै थियो ।

विदेशीहरूको सिको गर्न पल्केको आजको नेपालीलाई माथिका आत्मनिर्भरू पात्रहरू अचम्मका लाग्नन् तर तेसवखतको लागि यी सबै वास्तविक थिए । नेपाली समाजको तत्कालीन आत्मनिर्भरता स्वर्णयुग थियो । ्चाँगुनारायण मन्दिर होस् वा हनुमानढोका दरवार विदेशीको सहयोगले बनेका थिएनन् । हरेक नेपालीका टाउकोमा ४० हजार होइन एकपैसा पनि ऋण थिएन ।

कालिपार (बाग्लुंग) र कालिवार (पर्वत) मा मैले जानेका तीनबटा खानीगाउँरखोला छन् । वाग्लुंगका मान्छेले हामीलाई कालीपारे भन्छन्, हामी उनीहरूलाई कालिपारे भन्छौं । बीचमा कालीगण्डकी बग्छिन् । कालिपारे दाई कति राम्रो । भन्ने गीत निकै लोकप्रिय भएको थियो र हालका दिनहरुमा पनि बज्दै छ । कालिवारको खानीगाउँ फलेवाससंग जोडिएको छ ।

म महादेवी पार्वतीको माइती अर्थात् पर्वते भएको नाताले गुल्मी, पर्वत, बाग्लुंगका खानीगाउँ, खानी खोला, खानी पैरोसंग परिचित छु । म केटाकेटी हुँदा पनि पर्वतका धेरै खानिखोला र खानी गाउँबाट फलाम, तामा तथा घर छाउने ढुंगाहरू निकलिन्थे र मैले आफ्नै आँखाले त्यो देखेको थिएँ, ती खानीहरू के कारणले वन्द भए, मलाई हेक्का छैन ।

एक पटक बा संगै बाग्लुंगको खानीखोलाबाट काँचो फलाम ल्याएर इन्द्रेू कामीको आरनमा आँसी, खुर्पा र कोदालोू बनाउन दिएको मलाई याद आउँछ। तेस वखत म र खानीखोलाको फलाम संगसंगै बाबुको काँध चढेर कालिपारबाट फर्केको याद छ ।

तेस वखत अहिलेजस्तो जताततै कालिपार जानका लागि पुलहरू थिएनन् । डरलाग्दा झलूँगा हुन्थे । कालिपारबाट फर्केर आउँदा झलूँगाले मेरो सातो नै लिएको थियो, जाँदाको कुनै स्मरण रहेन । जेहोस्, तेस वखत कालिपार निकै अचम्मको ठाउँ हुन्थ्यो ।

फेरी पनि खानीगाउँ, खानीखोला, खानीपाखा, खानीपाखो, खानी ओढारको कुरा गरौँ । असलमा, मैले यहाँ उल्लेख गरेका गाउँठाउँहरू नेपालको पूर्वदेखि पश्चिमसम्म र उत्तरदेखि दक्षिणसम्म जताततै पाइन्छन् । जसरी नेपालका हेरक गाउँमा चौपारी, पोखरी र कोटहरू हुन्छन् तेसरी नै खानीहरू छन् ।

नेपालका गाउँगाउँमा विकासे डोजरहरूले विनाश नृत्य गरिरहेको कुरा सबैलाई थाहा छ । यी डोजरहरूले सबैभन्दा पहिले । सहर बाटो पुरानो समयमा घोडा, खच्चर र मान्छे हिड्ने मूल बाटोू र तेससंग जोडिएका चौपारी, मन्दिर, पाटी बगैचा र सार्वजनिक ठाउँलाई आफ्नो भोजन बनाएका छन् ।

तेस्तै वि.स. २००७ सालको तथाकथित प्रजातन्त्रको आगमनपछि स्थानीयजनताले स्थानीयतहका आवश्यता पूर्तिको लागि संचालन गरेका एस्ता अनेकौं खानीहरू वन्द गरिए । भारतीय फलाम, भारतीय तामो र भारतीय मेटरहरूका लागि घोषित अघोषित रूपमा यी खानीहरू वन्द भए, गरिए । आत्मनिर्भर अर्थतन्त्रको भाग्य विदेशी कारखानाका लागि समर्पण गरियो ।

आज पनि हाम्रो घरमा एउटा गाग्री र ताउलो खानीखोलाको तामाले वनेका छन् । त्यो तामाको चमक–दमक जस्ताको तस्तै छ । एउटा पितलको गाग्री पनि छ, त्यो पनि नेपाली खानीगाउँ कै पितल पिटेर बनाइएको हो – आमाले भन्नुभएको यही हो ।

आज तथाकथित साम्यवादीहरूको सरकार छ । यी खानीहरूको गर्भमा रहेका तामा, फलामआदिको पुनस् उत्खन हुन सक्छ । थलिएको अर्थतन्त्रमा यी खानीबाट उत्पन्न हुने ढुंगा, फलाम, चरस, तामाआदिले सहयोग गर्न सक्थे । लोकतन्त्र र प्रजातन्त्रको नाममा मात्तिएका, पात्तिएका राजनैतिक कार्यकर्ताहरूले भारत, अमेरिकामा बन्ने डोजरहरूले मातृभूमिको बलात्कार गरेको कुरालाई विकास ठान्छन् तर बआफ्नै देशका । खानीगाउँ, खानी खोला, खानीपाखाहरूमा उद्योग चलाउने तिर यिनको कुनै अभिरुचि छैन ।

खानीगाउँहरूले नेपालीका तत्कालीन आवश्यकताहरूलाई पूरा गरेकै हुन् । अहिले समय फेरिएको छ । कालिपारहरू वदलिएका छन् तर ती खानीगाउँहरू जीवित नै छन् । खानीगाउँमा पाइने पदार्थहरूको आज पनि उत्तिकै मांग छ । बरू बजार बढेको छ । विदेशमा पहुँच बढेको छ ।

मलाई थाहा छैन – अमेरिकन एमसीसीएनू विकास देख्ने नेपालको साम्यवादी सरकारले खानीगाउँहरूलाई किन उपेक्षा गर्छ ? किन गाउँगाउँका स्थानीय सरकारहरू आफ्नो नाइटोमा रहेका खानीहरूलाई महत्व नदिने निर्णयमा पुगेका छन् ? सजिलै बुझ्न सकिन्छ ।

आज कुनै पनि नेपालीले । आत्मनिर्भरू बन्ने सपना पनि देख्न सक्दैन । परनिर्भरता, विदेशी अनुकरण र ऋण थप्दै जानुनै विकास होू भन्ने मानसिक विश्वास बोकेको राज्नानैतिक प्रतिमानको अन्तिम लक्ष भनेको नेपालीहरूलाई विदेशी प्रतिमानहरूको बाक्जालमा फंसायेर फगत एउटा बन्धक ूमतदाताूमा सीमित राख्नुनै हो ।

आजका लोकतन्त्र वा प्रजातन्त्रका तथाकथित भाग्यनिर्माताहरूले यी खानीगाउँ, खानीखोला, खानीपाखा, खानी ओढारहरूलाई पुनर्जीवित गरेर स्थानीय जनतालाई आत्मनिर्भर बनाउने प्रयत्न गर्लान् ? यो प्रश्नको उत्तर एक पटक अवश्य सोच्नुहोला र उत्तर यहीं लेखको पुछारमा लेख्न नविर्सनु होला ।

पर्वत, पाल्पा, म्याग्दी, गोर्खा जतातै खानीगाउँ, खानीडाँडा, खानी ओढार छन् तर आँसीअ लागि पनि फलाम भारतबाट ल्याइन्छ । खानीगाउँहरूको महत्व बुझौं र स्थानीयतहमा तिनको समुचित प्रयोग गरेर बेरोजगारीमा लगाम लगाउँ । हरेक खानीहरू हाम्रा आफ्ना रैथाने खानी हुन् । आज पनि आँसी, फाली, कोदालो, बन्चरो, खुकुरी पहिले जस्तै खाँचो छ । अव फलाम, तामाजस्ता धातुहरूका लागि विदेशीको ऋण न बोकौं । आत्म निर्भरतातिर कदम बढाउँ । स्थानीय खानीहरू उपयोग गर्ने नीतिलाई स्थानीयतहमा प्रमोशन गरौँ, आ(आफ्ना रैथाने सीपहरूको प्रयोग गरौँ ।

प्रकाशित मिति ७ असार २०७७, आईतवार १५:१०