सुशिल कोइराला सोसलिष्ट युथ सर्कलद्धारा पदाधिकारी चयन

पर्वत । सुशिल कोइराला सोसलिष्ट युथ सर्कल जिल्ला कार्य समिति पर्वतले पूर्णता पाएको छ । यस अघि सुशिल कोइराला सोसलिष्ट युथ सर्कल केन्द्रिय समितिले सन्तोष पाठकलाई अध्यक्षको जिम्मेवारी प्रदान गरेको थियो । पाठकले शनिवार नयाँ पदाधिकारी चयन गरेका हुन् । पाठकका अनुसार सुशिल कोइराला सोसलिष्ट युथ सर्कल पर्वतको बरिष्ठ उपाध्याक्षमा प्रकाश आचार्य, उपाध्याक्षमा गोविन्द तिवारी, उपाध्याक्षमा विनोद सुवेदी, सचिवमा बिबेक गिरी, सह–सचिव दामोदर रेग्मी, सहसचिवमा जगदीस शर्मा, सहसचिवमा सुनिल काफ्ले, कोषाध्यक्षमा सृजन ागिरी सह–कोषाध्यक्षमा बिमल चापागाई रहनु भएको छ ।

समितिको सदस्यमा अभिषेक शर्मा, उमा शिलवाल, बिनायक आर्चाय। नरेश पाठक, प्रकाश परियार। बिवेश गिरी, बिमल पौडेल, नबिना शर्मा र अमृत अधिकारी चयन भएका छन् । संस्थाको बिधि बिधान अनुरुप उद्देश्य प्राप्तको निम्ती महत्वपूर्ण भुमीका निर्वाह पदाधिकारी चयन गरेको अध्यक्ष पाठकले बताए ।


सन् १९३९ विराटनगरमा जन्मिएका स्वर्गिय शुसिल कोइराला पार्टीमा लामो समयसम्म केन्द्रीय सदस्य, महामन्त्री, उपसभापति र कार्यवाहक सभापति बनेका थिए । कार्यराला काँग्रेसको १२ औं महाधिवेशनबाट अत्याधिक बुहमतले सभापतिमा बिजयी भएका थिए । कोईराला नेपालको ३७ औं प्रधानमन्त्रीको समेत हुन् । उनले वि. सं. २०७२ माघ २६, काठमाण्डौको महाराजगञ्ज स्थित आफनै निवासमा निधन भएको थियो । कोइराला सन्त राजनीतिक नेताका रूपमा पनि परिचित थिए । उनकै सम्झनामा युथ सर्कलको स्थापना गरिएको हो

प्रकाशित मिति २९ असार २०७७, सोमबार १६:२७