no-image

साउन ३,फलेवास । पर्वतका स्थानीय तहहरुले बेलगाम खर्च गर्न थालेपछि तरुण दलले खवरदारी गर्न थालेको छ । तरुण दल फलेवास नगरपालिका ५ वडा समितिले वडा कार्यालयमा भएको अनियमित खर्च भएको भन्दै हिसावकिताव सार्वजनिक गर्न माग गरेको छ ।

वडाले जनप्रतिनिधी आएपछि गरेको खर्च जनताले थाहा पाउनुपर्ने माग गर्दै हिसावकिताव सार्वजनिक गर्न माग गर्दै आज वडा कार्यालयको ध्यानकर्षण गराएको छ । तरुणदलको टोलीले आज वडा कार्यालयमा पुगेर एक मागपत्र बुझाएको छ ।

जनप्रतिनिधीलाई जनताले सूचना माग्न पाउने अधिकार रहेको र मागेको सूचना दिनु पर्ने जनप्रतिनिधीको कर्तव्य रहेको बताउँदै तरुण दलले संबैधानिक अधिकारको ख्याल गर्न सचेत गराएको छ । तरुण दल खानीगाउँका अध्यक्ष निर्मल नेपालीद्धारा जारी एक मागपत्र वडा कार्यालयमा बुझाएर हिसावकिताव यथाशिघ्र जनताको माझमा सार्वजनिक गर्न माग गरिएको हो ।

वडा संगै समग्र नगरपालिकाको खर्च समेत माग गरिने नेपालीले बताउनुभयो । सरकारी कार्यालय पारदर्शी हुनुपर्ने तरुण दलको माग रहेको नेपालीले बताउनुभयो ।

प्रकाशित मिति ३ श्रावण २०७७, शनिबार ०३:३१