काँग्रेस नेत्री गुरुङ महिला विभागको सदस्यमा मनोनित

पर्वत । नेपाली काँग्रेस पर्वतकी पूर्व महासमिति सदस्य एवम् महिला नेत्री रेखा गुरुङ नेपाली काँग्रेसको महिला विभागको सदस्यमा मनोनित हुनुभएको छ । नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले महिला नेत्री गुरुङ सहित ३८ सदस्य मनोनित गर्नुभएको हो । देउवाले यसअघि नै विभागको संयोजकमा केन्द्रीय सदस्य इश्वरी न्यौपानेलाई तोक्नुभएको थियो ।


गुरुङ नेपाली काँग्रेसको महिला विभाग सदस्यमा मनोनित भएपछि पर्वत काँग्रेसका कार्यकर्ता उत्साहित भएका छन् । अहिले उनलाई सामजिक संजालमा बधाई दिनेहरको ताँती लागेको छ । नेपाली काँग्रेस पर्वतको राजनितिमा लामो इतिहाँस बोकेकी गुरुङ यसअघि पनि विभिन्न विभागमा बसेर काम गरिसक्नु भएको छ ।

प्रकाशित मिति ५ श्रावण २०७७, सोमबार १५:१६