तीन जिल्ला घुमाएर बेनीमा सुत्केरी

म्याग्दी । सुत्केरी बेथाले च्यापेपछि बागलुङ नगरपालिका(८ सिगानाकी आरती मल्ल मंगलबार राती धौलागिरि अञ्चल अस्पतालमा पुगिन् । साँझ ५ बजेदेखि बेथा लागेको थियो । अस्पताल पुग्दा रातिको १२ बजेको थियो ।

अस्पतालका स्वास्थ्यकर्मीले गर्भ ९ महिना पूरा नभएको र उल्टो बसेको बच्चा निकाल्ने डाक्टर नभएको भन्दै तत्कालै पोखरा रिफर गरे । हतारहतार ट्याक्सी खोजेर पोखरातर्फ हिँडे । पर्वतको कुश्मा(२ नयाँपुलमा पहिरो खसेकाले उनीहरु अघि बढ्न सकेनन् ।

ुत्यो अवस्थाको पीडा र छटपटि सम्झदा पोखरासम्म पनि पुगिएला जस्तो लागेको थिएन्,ु मल्लले भनिन्, ुफेरी बागलुङ जाउँ भने रिफर गरिसकेकाले उपचार गर्लान भन्ने लागेन् । नजिकै कुश्माको अस्पताल पुग्ने बाटो पनि थिएन् । यसअघि मेरो जस्तै समस्या भएकाको बेनीमा अपरेसन गरेर सुत्केरी गराएको सुनेकाले आशा गरेर यता आएका हौं।ु

राती २ बजे बेनी अस्पताल ल्याउँदा बच्चाको खुट्टा पाठेघरबाट बाहिर निस्किसकेको थियो । २१ वर्षीया मल्ल पहिलो पटक सुत्केरी भएकी हुन् । बिहान ३ बजे बच्चा निकालिएको थियो । ९ महिना ९मास० नपुगेको र बच्चा उल्टो भएको अवस्थालाई चिकित्सकले जोखिमयुक्त मान्छन् ।

ुपरिवारका सदस्यलाई अवस्था जटिल भएकाले आमा र बच्चा मध्ये एकजनालाई बचाउन सकिने जानकारी गरायौं। साथमा गर्भजाँच गराएको कागजपत्र पनि थिएन्,ु बेनी अस्पतालका डाक्टर सागर लामिछानेले भने, ुपरिवारका सदस्यको अनुमतिमा जोखिम मोलेर शल्यक्रियामा जुटेका थियौं । अन्तत दुवैलाई बचाउन सफल भयौं।ु

लामीछानेको नेतृत्वमा एनेस्थेसीयर सुनिता महर्जन, सिनियर अनमी रुवीना थापा र सुमित्रा शाहीको टोलीले मल्लको शल्यक्रिया गरेको हो ।

मल्लले सुत्केरी हुन बागलुङ, पर्वत र म्याग्दी तीन जिल्ला घुम्नु परेको हो । मल्ल र छोराको स्वास्थ्य सामान्य छ ।
यसअघि २०७५ साउनमा पनि धौलागिरि अस्पतालले पोखरा रिफर गरिएकी गर्भवतीलाई बेनीमा शल्यक्रियामार्फत प्रसूति गराइएको थियो । निक साइमन इन्टिच्युटको सहयोगमा बेनी अस्पतालले २०७२ सालदेखि शल्यक्रियामार्फत प्रसूति सेवा सुरु गरेको थियो ।

यसअघि पाठेघरबाहिर बच्चा बसेको, बच्चाभन्दा पहिले साल निस्किएको जस्ता गम्भीर अवस्थाका बिरामीको सफल शल्यक्रिया गरिएको बेनी अस्पतालका प्रमुख चिकित्सक अमृत अधिकारीले बताए ।

विशेषज्ञ चिकित्सक, औजार र उपकरणलगायतका हिसाबले अञ्चल अस्पताल बेनीको तुलनामा धेरै गुणा अगाडि छ । अञ्चल अस्पतालले नसकेको शल्यक्रिया सफल हुनुमा चिकित्सक, स्वास्थ्यकर्मी र ब्यवस्थापनको जोखिम बहन गर्न सक्ने क्षमता र इच्छाशक्ति मुख्य कारण भएको अस्पताल व्यवस्थपा समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।

ुम्याग्दीका साथै पर्वत, मुस्ताङ र बागलुङका वार्षिक दुई सयजना भन्दा बढीले शल्यक्रियामार्फत प्रसूति सेवा लिएका छन्,ु उनले भने, ुपोखरा, काठमाडौ जाँदा हुने आर्थिक र समयको बचतका साथै धेरै आमा र बच्चाको ज्यान बचाएका छौं ।ु

हाइड्रोसिल, हर्नीया र इपेन्डिसाइट्सको अप्रेसन गर्दै आएको बेनी अस्पतालले मृगौलापीडितको डायलाइसीस र ५ शैयाको सघन उपचार कक्ष सञ्चालनको तयारी गरेको अध्यक्ष कटुवालले बताए ।

पाँच वर्षअघि १५ बाट पचास शैया क्षमतामा स्तरोन्नति भएपछि बेनी अस्पतालमा पूर्वाधार, जनशक्ति, औजार र उपकरण थपिँदै गएको छ ।निर्माणाधिन पचास शैया क्षमताको भवनलाई पुर्णता दिन र दरबन्दि अनुसार विशेषज्ञ चिकित्सक सहितका जनशक्ति उपलब्ध भएमा बेनी अस्पतालको सेवालाई अझै प्रभावकारी बनाउन सकिने अध्यक्ष कटुवालले बताए । साभार अन्नपूर्ण पोष्टवाट

प्रकाशित मिति ९ श्रावण २०७७, शुक्रबार ०२:३१