सुनको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ५ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ६५ निर्धारण गरेको छ ।

बुधबार एकै दिन सुनको मूल्य प्रतितोला एक हजार ३सयले बढेको थियो । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५६० तोकिएको थियो ।

यस्तै चाँदीको मूल्य पनि प्रतितोला १० रुपौयँले वृद्धि भएर एक हजार १४५ पुगेको छ ।

प्रकाशित मिति ९ श्रावण २०७७, शुक्रबार ०२:३३