‘बिग बोस-१४’ पहिले भन्दा फरक, को-को आउँदैछन् घरभित्र ?

भदौ २३,पर्वत । चर्चित रियालिटी शो ‘बिग बोस’को १४ औँ श्रृंखला आगामी अक्टोबर ३ मा कलर्स टिभीबाट प्रशारण हुँदैछ । यसपटक भने अघिल्ला भन्दा भिन्न किसिमका ‘टास्क’ र गतिविधि हुने आयोजकले जनाएको छ । प्रतिष्पर्धीहरुले यसपटक लकडाउनदेखि ‘लक्जरी टास्क’को अनुभव लिन पाउने बताइएको छ ।

यस ‘सिजन’मा घरभित्र मल, मिनी थिएटर, स्पा र घरको कुनामा सानो रेष्टुरेण्ट समेत राख्ने तयारी गरिएको बताइएको छ । कोरोनाभाइरसविरुद्धको लकडाउनका कारण मानिसहरु सपिङ, फिल्म हल लगायत विलाशी गतिविधिबाट वञ्चित हुनुपर्यो । बिगबोस–१४ का अब्बल प्रतिष्पर्धीहरुले ती गतिविधिको आनन्द लिन पाउने छन् ।

सलमान खानले पनि यसबारे संकेत दिइसकेका छन् । यसवाहेक घरभित्र पहिले झैँ केही चर्चित सेलिब्रिटी र केही संघर्ष गरिरहेका कलाकारको मिश्रित टोली हुनेछ । भरतीय मिडियाका अनुसार निया शर्मा, पवित्रा पुनिया, आकांक्षा पुरी, निशान्त मलकानी, एयजाज खान, नैना सिंह, कुमार जानु यस सिजनमा प्रवेश गरिसकेका छन् । यस्तै नेहा शर्मा, जस्मिन भासिन, अली गोनी, सगुन पाण्डे, अविनाश मुखर्जी, अध्यान सुमन र आम्रपाली दुवे पनि यस सिजनको घरभित्र देखिनेछन् ।

प्रकाशित मिति २२ भाद्र २०७७, सोमबार २३:४०