फिल्म निर्देशक  छेतेन गुरुङको निधन

भदौ २४, काठमाडौँ । निर्देशक छेतेन गुरुङको ४२ वर्षको उमेरमा बुधबार निधन भएको छ । कलेजोमा समस्या देखिएपछि उनलाई २ दिनअगाडि अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा बुधबार बिहान २ बजे निर्देशक गुरुङको निधन भएको निर्माता सन्तोष सेनले जानकारी दिए ।

ु१ महिना अगाडि कलेजोमा समस्या थियो । त्यतिबेला सामान्य नै थियो । तर एक्कासि धुलिखेलबाट आएको १ दिनपछाडि यस्तो समस्या आयो । शरीरभित्र सबै रगत लिक्ड भएछ,ु सेनले भने ।

उनको परिवारमा आमा, भाइ र एक छोरी छन् । श्रीमतीको भने मृत्यु भइसकेको छ ।

प्रकाशित मिति २४ भाद्र २०७७, बुधबार ०९:२०