नाओमी ओसाका बनिन् यूएस ओपन च्याम्पियन

भदौ २८, काठमाडौँ । नाओमी ओसाकाले दुई वर्षपछि फेरि यूएस ओपन च्याम्पियन बनेकी छन् ।

आज बिहान अमेरिकाको न्यूयोर्कमा भएको खेलमा जापानी खेलाडी ओसाकाले पहिलो सेट गुमाए पनि लगातार दुई सेटमा जित निकाल्दै च्याम्पियन बनेकी हुन् ।

फाइनलमा भिक्टोरिया अजारेन्कालाई पराजित गरेर ओसाकाले युएस ओपनको महिला एकल तर्फको उपाधि जितेकी हुन् ।

सन् २०१८ मा पनि उपाधि जितेकी चौथो वरीयताकी २२ वर्षीय ओसाकाले बेलारुसकी अजारेन्कालाई १(६, ६(३ र ६(३ को सेटमा पराजित गरेकी हुन् ।

सन् २०१३ पछि पहिलोपटक प्रमुख प्रतियोगिताको फाइनलमा पुगेकी अजारेन्काले पहिलो सेटमा जित निकालेपछि त्यसपछि पछि परिन् । ओशाकाले सन् २०१९ मा अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेकी थिइन् ।

प्रकाशित मिति २८ भाद्र २०७७, आईतवार ०५:१५