महिला नेतृत्वका सुनौला झुल्काहरु

मानव जातिको उत्पती एवं विकासक्रमलाई धर्मग्रन्थमा केलाउदा ब्रम्हाण्डकी पहिलो स्त्री शतरुपा तथा प्रथम पुरुष मनु सम्म पुग्न सकिन्छ जसले समग्र सृष्टिमा महिलाको बराबर साझेदारीलाई प्रष्टाएको छ । समयको चक्रको तिब्र बेग संगै संसार नियमित परिर्वतन हुर्दै गर्दा महिलाको सहभागिता बंश विस्तार तथा गृहस्थी संचालन बाहेकका अन्य क्रियाकलापहरुमा क्रमिकरुपमा शुन्य तर्फ बन्दै गएको सतिप्रथाका ऐतिहासिक प्रमाणहरुले प्रष्टाउछन् ।

कतै विबाहमा दाइजो नल्याउने श्रीमती ÷बुहारी, कतै विवाह गरेर दिने जात, कतै छोरा नपाउने अभागी, कतै विधवा देखे साइत नपर्ने आरोप, कतै एक्लै यात्रा गर्न वा साँझ अबेर सम्म अन्यत्र कतै बस्न नपाउने बन्देज, कतै क्षणिक उद्वेगको शिकार त कतै पोथि बासेको राम्रो नहुने बाक्यांश आदि जस्ता अनेकन नियतीहरु बिच महिलाहरुको आर्थिक, सामाजिक तथा राजनैतिक बृत्ति विकासको ज्वाला निकै लामो समयम सम्म आर्तनादमा गुम्सिरह्यो । पुरातन रुढिवादको खोलमा जतिसुकै उत्पिडन सहनु परेपनि कहि कतै आवाज उठाउन नसक्ने सहनसिल चरित्रनै हो जसले समग्र महिलाहरुलाई बराबरा भागिदारीको परिधि बिच पनि निरन्तर अल्पमतमा पारिह्यो ।

नियति यस्तै भएरै होला शायदः राम मर्यादा–पुरुषोक्तम एवं लोकप्रिय राजा बनेर अयोध्या हाँक्दै गर्दा सिता जंगलमा उनकै दुई सन्तान लभ–कुशलाई हुर्काउदै थिइन । सुर्य र चन्द्रको नियमित लुकामारीबाट दिन र रात भए जस्तै सहनशिलताको न्यूनतम बिन्दुबाट गुज्रेको महिलाको अस्तित्व परम्पराको चार–दिवार बाहिर क्रमिकरुपमा विकास हुदै गरेको छ जसलाई कहाली लाग्दो रात पछिको सुनौला विहानीका रापिला झुल्काकारुपमा दिन सकिन्छ । यि घामका झुल्काहरुले पक्कै पनि महिलाहरुका हरेक उत्पिडनका तुषारोहरुमा न्यानो स्पर्स दिदै अन्तस्करणमा महिला शशक्तिकरणको पृष्ठपोषणमा आबाज बुलन्द गर्न हौसला वा प्रेरणा प्रदान गरिरहेका छन् ।
हिटलरको कठोर तानशाही प्रबृत्तिहरु बिच विकसित जर्मनमा एउटा सामान्य राजनैतिक कार्यकर्ता र शिक्षिकाको सन्तान पहिलो महिला सरकार प्रमुखका रुपमा सन २००५ मा एन्जेला मार्केल निर्वाचित भइन । हाल ६६ बर्षको उमेरमा पनि मार्केलले जर्मन सरकार प्रमुखको चौथो कार्यकाल उत्तिकै कुसलता पुर्वक हाँकिरहेककी छन् ।

विद्यमान अस्थिर अर्थतन्त्र र शरणार्थीहरुको व्यावस्थापनमा उनले देखाएको अतुलनिय निर्णय क्षमताले गर्दा उनलाई समग्र युरोपकै एक कुसल नेतृ वा प्रशासकका रुपमा पनि चिनिन्छ भने समग्र संसारकी उनी सबभन्दा शक्तिशाली महिलाका रुपमा फोब्र्स पत्रिकाको एक नम्बर सुचिमा समेत समेटेको छ । युरोपको केन्द्रिय बैंकको पहिलो महिला प्रमुखका रुपमा फान्सकी एक सामान्य शिक्षकको परिवारमा जन्मिएकी किस्टिन लेगार्दले २०१९ को नोभेम्बर देखि ६४ बर्षको उमेरमा नेतृत्व समालिरहेकी छन् । विद्यमान भुराजनैतिक अनिश्चिता एवं ह्रासोन्मुख अर्थतन्त्रको नियति बिच उनलाई नेतृत्वमा पठाइएको भएता पनि उनको कार्यकौशलका कारण उनलाई संसारको दोस्रो शक्तिशाली महिलाकारुपमा चिनिन्छ ।

संयुक्त अधिराज्यको प्रतिनिधि सभाको ५२ औं प्रबक्ताकारुपमा २००७ देखि कार्यरत ८० बर्षिया नैंसी पेलोसीले २०१९ मा आफ्नो तेस्रो कार्यकालको शपथ लिइन । उक्त भूमिकाले उनलाई उच्च ओहदामा पुग्ने पहिलो निर्वाचित महिलाकारुपमा स्थापित गरिदिएको छ भने बरियतामा उनि राष्ट्रपति पछि दोस्रो हुन् । संसारको पुरानो प्रजातन्त्रिक मुलककी पहिलो कुसल महिला प्रबक्ता हुनुका साथै शक्तिशाली राष्ट्रको संभावित राष्ट्रपतिको उमेदबारको रुपमा हेरिएकी महिला समेत रहेको कारणले उनलाई संसारकी तेस्रो शक्तिशाली महिलाकारुपमा हेरिन्छ ।

युरोपका २७ बटा राष्ट्रहरुको संगठन युरोपियन युनियनको कार्यकारी निकाय युरोपियन आयोगको पहिलो महिला अध्यक्षकारुपमा जर्मनकी ६१ बर्षिया उर्सुला वो देर लेयन २०१९ को जुलाई देखि कार्यरत छन् जो एक सामान्य कर्मचारीको परिवारको सन्तान हुन । युरोपका करिब ७० करोड जनसंख्याको प्रत्यक्ष्य व्यवस्थापनको निणार्यक भुमिकामा रहेकी उनलाई संसारकी चौथो शक्तिशाली महिलाकारुपमा स्विकारिएको छ ।

संसारको चौथौ ठुलो बहुराष्ट्रिय अटोमोवाइल कम्पनी जनरल मोर्टर्सको प्रमुख कार्यकारी अधिकृतकारुपमा २०१४ देखि कुसलता पुर्वक संयुक्त अधिराज्यकी ५८ बर्षिया म्यारी बरेन नेतृत्व लिइरहेकी छन् । उनको कार्यशैलीका कारण जनरल मोर्टर्सलाई लैंगैकि समानतामा आधारमा विश्वको नम्बर एक कम्पनीकारुपमा लिइन्छ भने कम्पनीको मुनाफा आर्जन, व्यायपार विस्तार समेति मध्ये नजर गरि बरेनलाई विश्वको पाँचौ शक्तिशाली महिलाकारुपमा चित्रण गरिन्छ ।
संसारको सबैभन्दा ठूलो निजी परोपकारी संस्था बिल तथा मेलिन्डा प्रतिष्ठानमा अध्यक्षकारुपमा संयुक्त अधिराज्यकी ५८ बर्षिया मेलिन्डा गेट्स रहेकीछन् । संस्थाकोे ४० अरब डरलको कोष तथा यसले गर्ने शिक्षा, स्वास्थ्य, सरसफाई तथा गरिबी निवारण सम्बन्धि क्रियाकलापहरुका आधारमा उनलाई संसारकी छौठों शक्तिशाली महिलाकारुपमा पनि चिनिन्छ ।

करिब २९ खर्ब अमेरिकी डरबराबरको सम्पत्ति व्यवस्थापन गरिरहेको अमेरिकामा अवश्थित संसारको सबभन्दा ठूलो सम्पत्ती व्यवस्थापन कम्पनीको प्रमुख कार्यकारी अधिकृतकोरुपमा संयुक्त अधिराज्यकी ५८ बर्षिया एविगैंल जोन्सन लाई संसारकी सातौं शक्तिशाली महिलाकारुपमा लिइन्छ । संसारको १६ औ बरियतामा रहेको युरोपको चौथो ठूलो बैंक बैको सन्तन्डर २०१४ देखि कार्यकारी अध्यक्षकारुपमा स्पेनकी ५९ बर्षिय अना प्यार्टिसिया बोटिन कुशल नेतृत्व लिइरहेकी छन् । उनको कार्य कौशलले उनलाई बर्तमान समयमा संसारकी आठौं शक्तिशाली महिलाकारुपमा स्थापित गराएको छ ।

कम्प्यूटर एवं प्राविधिमा आधारित हार्डवेयर, सफ्टवेयरको संसारको ठूलो कम्पनी आईविमको प्रमुख कार्यकारी अधिकृतमा संयुक्त अधिराज्यकी ६३ बर्षिय गिन्नी रोमिट्टीले अनवरत एक कुशल नेतृत्व लिइरहेकी छन् । अमेरिकामा अवस्थित संसारको ठूलो बायुयान, अन्तरिक्ष, सुरक्षा, सैनिक, प्रतिरक्षा एवं प्रविधिमा आधारित लकहिड मार्टिन नामक कम्पनी संयुक्त अधिराज्यकी ६६ बर्षिय मरिल्लियन हिवसन २०१३ देखि प्रमुख कार्यकारी अधिकृतकोरुपमा नेतृत्व लिईरहेकीछन् । विशेषतः उनको नेतृत्व शैली तथा फ–३५ लडाकु विमानको प्रविधिसंगै कम्पनीको नेटवर्थमा उल्लेख्यरुपमा विस्तार भएको पाइन्छ जसको कारणले उनलाई संसारका शक्तिशाली महिलाहरुको सुचिमा १० औ वरियता दिलाएको छ ।

मिसिसिप्पीमा गरिब परिवारमा जन्मी बालक कालमानै यौन हिंसाको शिकार भई कोशोरावस्थामा बच्चाकी आमा बनेकी ओपेरा उइनफेरी बर्तमान समयमा टेलिभिजनकी चर्चित कार्यक्रम प्रस्तोता एवं समाजसेवी बन्दै विश्वको शक्तिशाली सुचिमा २० वरियतामा छन् । त्यस्तै चाइनाकी जेसिका टेन, बग्लादेशकी शेख हसिना वाजेद, भारतकी रोशनी मल्होत्रा, साउदी अरेवियाकी रनिया नसहर आदि जस्ता अनेकन महिलाहरुले महिलाहरुका गतिविधिहरुलाई पुरातन पर्खालहरु बिचबाट बाहिर ल्याई संसारमा महिला शशक्तिकरणको सुनौलो इतिहास कोरेका छन् ।

परिस्थिती हामीहरु विचमा पनि केहि बद्लिएको जस्तो भान हुन्छ । देशको राष्ट्रपति, सभामुख, प्रधानन्यायधिस लगायतका महत्वपुर्ण जिम्मेवारीहरुमा हामी छौ तर पनि गरिबी, अशिक्षा, रुढिवादी सोच, कमजोर आर्थिक गतिविधीहरु, निर्णयमा पहँचको कमी आदि बिच बाँधिएको परम्पराको गाँठो नखुल्दा गाँउ तथा शहरका बस्तीहरुमा आफ्ना क्षमता र रहरहरु थाती राखि चुल्हो–चौकोको दिबारले नजरबन्द गरिदिंदा परिर्वतनका सुनौला घामका झुल्काहरुले अझैपनि उत्पिडनका सिरेठोहरुमा राहत दिन सकेरहेको जस्तै देखिदैन् । नियम बने, निति बने, समयले क्रमिक परिर्वतन शुरु गरिसक्यो, संसार हाक्ने महिलाहरु बन्दै पनि छन् तर हामी कहिले सम्म बिचारा बनेर बस्ने हो अब त कम्मर कसौं साझेदारीको भागेदारीमा काँधमा काँध मिलाई घर, समाज अनि समग्र राष्ट्र निर्माण गर्नुछ ।

प्रकाशित मिति ३० भाद्र २०७७, मंगलवार ०२:०६