सांसद चौधरीलाई रिहा गर्न जसपाको माग

भदौ ३०,काठमाडौँ । काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा०ले जेलमा रहेका सांसद रेशमलाल चौधरीलाई यथाशीघ्र रिहा गर्न सरकारसँग माग गरेको छ । आइतबार जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै आफ्ना पार्टीका सांसद चौधरीलाई रिहा गर्न माग गरेका हुन् ।

जसपाले सांसद चौधरीलगायतका आफ्ना नेता कार्यकर्तामाथि सरकारद्वारा लगाइएका झुटा मुद्दा खारेजीको मागसमेत गरेका छन् । मधेस र थरुहट आन्दोलनमा सहभागी भएका केही नेता तथा कार्यकर्तामाथि सरकारद्वारा झुटा मुद्दा चलाउने, धन सम्पत्ति रोक्का गर्ने, थुनामा राख्ने कार्य अझैसम्म पनि जारी रहेको उल्लेख गर्दै जसपा अध्यक्षद्वय ठाकुर र यादवले कडा आपत्ति जनाएका छन् ।

प्रकाशित मिति ३० भाद्र २०७७, मंगलवार ०३:०६