पर्वत सेवा समाज नेपालद्धारा पहिरो पीडितलाई आर्थिक सहयोग

भदौ ३०, पर्वत । फलेवास नगरपालिकाका–४ मुडिकुवाका बाढिपहिरो पीडितलाई पर्वत सेवा समाज नेपालले आर्थिक सहयोग प्रदान गरेको छ । सोमवार विहान आएको बाढिपहिरोवाट ज्यान गुमाएका परिवारलाई समाजले जनही १५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको हो ।
राहात रकम पर्वत सेवा समाज नेपाल पर्वतका उपाध्यक्ष्य गणेशबहादुर क्षेत्री, मानव अधिकार संगठन पर्वतका अध्यक्ष माधव पौडेल, उपाध्यक्ष जगत सापकोटा, समाजसेवी अच्चुत तिवारी, नेपाली काँग्रेस मुडिकुवाका सभापति पुर्नाखर गौडेल लगायतको टोलीले संयुक्त रुपमा पीडित परिवारलाई हस्तान्तरण गरेका हुन् ।
भदौ २८ गते राती आएको अविरल बर्षाका कारण सोही स्थानका नविन विकको ३ बर्षिय छोरी निकिता विकको ज्यान गएको थियो ।
पीडितलाई थोरै भएपनि राहात स्वरुप नगद उपलव्ध गराईएको पर्वत सेवा समाज नेपाल पर्वतका अध्यक्ष मुना भुषालले बताउनुभयो । भौतिक रुपमा उपस्थित हुन नसकेपनि पीडितको पीडामा मलम लगाउने प्रयास गरेको उहाँको भनाई छ । पर्वत सेवा समाज नेपाल पर्वतले विगतमा पनि विभिन्न सहयोग गदै आएको र भावी दिनमा पनि सहयोग गदै जाने अध्यक्ष भुषालले गण्डकी संचारलाई जानकारी दिनुभयो ।

प्रकाशित मिति ३० भाद्र २०७७, मंगलवार १०:३३