दसैंका लागि टिकट बिक्री १५ असोजबाट खुल्ने, ‘भाडा दोब्बर बढाइने’

भदौ ३०, काठमाडौँ । सरकारले लामो दूरीका सार्वजनिक यातायात ५ असोजबाट सञ्चालन गर्ने अनुमति दिएसँगै दसैँको लागि टिकट बिक्री १५ असोजबाट खुला गर्ने तयारी गरिएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगन हमालले दसैँलाई लक्षित गरी सरकारले लामो दूरीको सार्वजनिक सवारी चलाउने निर्णय गरेसँगै १५ असोजबाट अनलाइन टिकट बिक्री वितरण खुला गर्नका लागि तयारी सुरू गरेको बताउनुभयो ।

निषेधाज्ञा खुले पनि कोरोना संक्रमणदर दिनप्रतिदिन बढिरहेको अवस्थामा सरकारले दसैँका लागि गाडीको टिकट किन्ने यात्रुहरूको भिडाभाड काउन्टरमा नहोस् भनेर अनलाइन टिकटको व्यवस्था गर्ने तयारी हो ।

यस्तो अवस्थामा विभागले संक्रमणको थप जोखिम नहोस् भनेर सार्वजनिक यात्रुबाहक सवारीको सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु बोक्न पाउने व्यवस्था गरेको छ ।

अरु बेलाको तुलनामा यस वर्ष विभागले औषत मूल्यको ५० प्रतिशतसम्म भाडा दर बढाउनसक्ने महानिर्देशक बस्नेतको भनाइ छ । ।

प्रकाशित मिति ३० भाद्र २०७७, मंगलवार ११:१४