गण्डकीमा थपिए ५० कोरोना संक्रमित

भदौ ३१, पोखरा । गण्डकी प्रदेशमा थप ५० जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा थप ५० जनामा कोरोना पुष्टि भएको हो ।

नयाँ संक्रमितहरुमा कास्कीका २९ जना छन्, जसमा २८ जना पोखरा महानगरपालिकाका हुन् । यसैगरी गोरखाका १३ जना, तनहुँका ५ जना र बाग्लुङका ३ जनाका संक्रमण देखिएको छ ।बिहान ५० थपिएसँगै गण्डकीमा अहिलेसम्म संक्रमितको संख्या ३१ सय ६६ पुुगेको छ ।

प्रकाशित मिति ३१ भाद्र २०७७, बुधबार ०३:००