गण्डकी प्रदेशमा २८ जनामा कोरोना संक्रमण

असोज १ पर्वत । गण्डकी प्रदेशमा आज विहान दुई पटक गरि २८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ । पहिलो पटक सार्वजनिक विवरणमा २३ जना र दोस्रो पटक सार्वजनिक विवरणमा ५ जनामा संक्रमण पुष्टि भएको जनाईएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी बर्दघाट सुस्ता पूर्वमा १२ जना, कास्कीमा ८, बागलुङमा ४ जना, गोरखामा २ जना र तनहुँमा २ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएका कास्कीको पोखरा महानगरपालिका १५ का २९ वर्षिय पुरुष र बागलुङको बागलुङ नगरपालिकाका तीनजना पुरुष भारतबाट आई क्वारेण्टाईनमा बसेका व्याक्ति हुन भने अरु सबै कन्टयाक्ट ट्रेसिङबाट पहिचान भएका व्याक्ति हुन् ।
स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार संक्रमित हुनेमा पुरुष १६ जना रहेका छन् भने महिला १२ जना रहेका छन् । यो संगै अहिलेसम्म गण्डकी प्रदेश भर कोरोना संक्रमति हुनेको संख्या ३ हजार २ सय ६ पुगेको छ ।

प्रकाशित मिति १ आश्विन २०७७, बिहीबार ०३:५२