पर्वतमा कोरोना नियन्त्रणका लागि ४ करोड २२ लाख खर्च

असोज १, पर्वत । पर्वतमा कोरोना संक्रमण नियन्त्रण तथा व्यवस्थापनमा रू ४ करोड २२ लाख ४३ हजार ४७ खर्च भएको छ । गत चैतदेखि भदौसम्म राहत वितरण, आइसोलेसन, क्वारेन्टिन, औषधि खरीदलगायत शीर्षकमा ७ ओटा स्थानीय तहले गरेको खर्च सार्वजनिक गरेका छन् ।

सबैभन्दा बढी कुश्मा नगरपालिकाले रू. १ करोड १८ लाख ९५ हजार खर्च गरेको छ । जिल्लाभरका कोरोना संक्रमित कुश्मामा व्यवस्थापन गर्नुपरेकाले कुश्माको खर्च धेरै देखिएको बताइएको छ । नगरपालिकाले आइसोलेसन, क्वारेन्टिन, राहत वितरण, मास्क वितरण, औषधि तथा व्यक्तिगत सुरक्षात्मक उपकरण ९पीपीई० खरीदमा धेरै रकम खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत हरि पंगेनीले जानकारी दिए । पंगेनीका अनुसार कोरोना भाइरसको संक्रमणपछि कोरोना कोष र प्रकोप नियन्त्रण कोषमा जम्मा भएको रू। २ करोड ६३ लाख ५ हजारमध्ये रू। १ करोड १८ लाख ९५ हजार खर्च भएको हो । यस्तै फलेवास नगरपालिकाले रू। ९९ लाख ६७ हजार ६०० राहत कोषमा जम्मा गरेकामा कोरोना रोकथाममा रू। ६३ लाख ६७ हजार खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले जानकारी दिए । यस्तै जलजला गाउँपालिकाले रू। ६१ लाख २९ हजार खर्च गरेको छ । सबैभन्दा बढी विपन्न वर्गलाई लक्षित गरी गरिएको राहत वितरणमा रू। २३ लाख ३० हजार खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए ।

गाउँपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा रू। ५७ लाख २४ हजार जम्मा भएको थियो । यसका अतिरिक्त गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ९रामकृष्ण०को पहलमा हिमाली बालकल्याण संस्था मञ्च ललितपुरमार्फत रू। २९ लाख मूल्य बराबरको खाद्यान्न पालिकाको विभिन्न वडामा वितरण भएको छ ।

यसैगरी मोदी गाउँपालिकाले हालसम्म साढे ३९ लाख रुपैयाँ भन्दा बढी खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले बताए । राहत सामग्री, क्वारेन्टिन निर्माण, सवारी भाडा, अस्थायी कोरोना अस्पतालमा साझेदारी, प्रचार–प्रसारलगायत शीर्षकमा उक्त रकम खर्च भएको हो । गाउँपालिकाले स्थापना गरेको कोरोना राहत कोषमा रू। ४२ लाख ३३ हजार ५०० जम्मा भएको थियो । त्यसमध्ये गाउँपालिकाले रू। १२ लाख जम्मा गरेको थियो । यस्तै बिहादी गाउँपालिकाले रू। ४६ लाख ९७ हजार खर्च गरेको छ । गाउँपालिका अध्यक्ष कमलप्रसाद भुषालका अनुसार पालिकाले स्थापना गरेका कोरोना कोषमा रू। ८५ लाख २३ हजार ८०० जम्मा भएको थियो । उनका अनुसार अब कोषमा रू। ३८ लाख २६ हजार ६०० बाँकी रहेको छ ।

यसैगरी पैयुँ गाउँपालिकाले रू। ६५ लाख ७२ हजार ३०० खर्च गरेको छ । गाउँपालिकाको राहत कोषमा रू। ८० लाख ७५ हजार ३०० जम्मा भएको थियो । पालिकाको प्रशासकीय अधिकृत जितबहादुर रानाका अनुसार कोषमा अब रू। १५ लाख २९ हजार बाँकी छ । यस्तै महाशीला गाउँपालिकाले रू। २६ लाख १७ हजार खर्च गरेको छ । पालिकाको कोषमा रू। ३६ लाख ४८ हजार ४०० रकम जम्मा भएको थियो ।

प्रकाशित मिति १ आश्विन २०७७, बिहीबार ०४:१३