काँग्रेसका सभापति देउवा आइसोलेसनमा

असोज १, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवा आइसोलेसनमा बसेका छन् । निजी सचिवालयमा कार्यरत एक जनामा कोरोना पुष्टि भएपछि देउवा आइसोलेसनमा बसेका हुन् । स्वकीय सचिव भानु देउवाका अनुसार सभापतिको निजी सचिवालयमा कार्यरत एक जनामा कोरोना देखिएसँगै देउवा होम आइसोलेसनमा बसेको जनाईएको छ ।

ती संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । सभापति देउवाको शुक्रबार स्वाब परीक्षण गरिने स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

प्रकाशित मिति १ आश्विन २०७७, बिहीबार ०८:२८