वामदेव गौतम राष्ट्रियसभा सदस्य नियुक्त

असोज १, काठमाडौँ । नेकपा नेता वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा उनले गौतमलाई नियुक्त गरेको कार्यालयका सचिव भेषराज अधिकारीले गण्डकी संचारलाई जानकारी दिनुभयो ।

राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रियसभाका तीन सदस्यको कोटामध्ये एउटा पद झन्डै ६ महिनादेखि खाली थियो ।

यो कोटामा नेकपाका उपाध्यक्ष गौतमलाई सिफारिस गर्ने निर्णय नेकपा सचिवालयले गरेको थियो । बुधबारमात्रै मन्त्रिपरिषद्ले गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

प्रकाशित मिति १ आश्विन २०७७, बिहीबार ०८:४७