नेकपाका सक्रिय कार्यकर्ताहरु धमाधम काँग्रेसमा प्रवेश

असोज १, पर्वत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सक्रिय कार्यकर्ताहरु धमाधम काँग्रेसमा प्रवेश गर्न थालेका छन् । सरकारका प्रतिनिधीहरु सरकारले उत्कृष्ट काम गरेको दाबी गदै हिँडिरहेको बेला नेकपाका कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गर्न थालेका हुन् ।
बिहिवार मात्रै जिल्लाको कुश्मा नगरपालिका–८ चुवाका नेकपा वडा सचिवालय सदस्य एवम् राष्ट्रिय भूमि अधिकार मञ्च पर्वतका अध्यक्ष गोपालवहादुर विश्वकर्मा सहितको टोली नेपाली काँग्रेसमा प्रवेश गरेको हो ।
हालको कम्युनिस्ट सरकार जनताको इच्छा विपरीत चलिरहेको र कम्युनिस्टबाट देशको भविष्य अन्धकारमयको बाटोमा जाने देखेर नेकपा परित्याग गरेको उनीहरुको भनाई छ ।
कम्युनिस्ट सरकारले जनताका लागि नभई आफ्ना नजिकका झोले चाकडिबाजले मात्र सुविधा पाउने गरेको र विकास निर्माणका कार्यमा उच्चतम भ्रष्टाचारलाई प्रसय दिइरहेकाले पार्टी छोडेर नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेसमा नयाँ प्रवेशी विश्वकर्माले गण्डकी संचारलाई जानकारी दिनुभयो ।
नवप्रवेशीहरुलाई नेपाली काँग्रेसका युवा नेता एवम् चुवाका वडा अध्यक्ष राजकुमार क्षेत्रीले टिका तथा खादा ओढाएर स्वागत गर्नुभएको थियो ।
नेका चुवाका सभापति देविप्रसाद पोखरेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन पार्टी सचिव लक्षण पौडेलले गर्नुभएको थियो । चुवामा केही दिन अगाडी नेकपाका ३० जना सक्रिय कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति १ आश्विन २०७७, बिहीबार ११:२६