पर्वतका सुनार तनहुँबाट लागु औषध सहित पक्राउ

असोज १, पर्वत । पर्वत स्थायी घर भई पोखरा बस्दै आएका कुसल सुनार सहित चार जनालाई तनहुँ प्रहरीले लागु औषध सहित पक्राउ गरेको छ ।

पर्वत स्थायी घर भै पोखरा सिर्जनाचोक बस्ने १८ बर्षिय कुसल सुनार सहित तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–४ पुल जिपबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा स्याङजा जिल्ला घर भै पोखरा बस्ने २८ बर्षिय रोसन गुरुङ, गोर्खा घर भएकी १९ बर्षिया पुजा गुरुङ र कास्की जिल्ला पोखरा ८ बस्ने ३९ बर्षिय सुरज बिश्वकर्मा रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
मुग्लिङबाट आबुखैरेनी तर्फ पैदल आउँदै गरेको अबस्थामा शंका लागि चेकजाँच गर्ने क्रममा ३ हजार २ स ४० ग्राम गाँजा सहित प्रकाउ गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति १ आश्विन २०७७, बिहीबार १२:०४