पर्वतमा मनाईयो १५ औँ महिला स्वास्थ्य स्वयंम सेवक दिवस

कुश्मा– पर्वतमा १५ औँ महिला स्वास्थ्य स्वयंम सेवक दिवस मनाईएको छ । गुड नेर्भस इन्टरनेश्नल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र नवचेतना सामुदायिक विकास केन्द्रको आयोजना र मोदी गाउँपालिकाकोा समन्वयमा दिवस मनाईएको हो ।

‘महिला स्वास्थ्य स्वयंम सेविकाको निस्वार्थ सेवा, स्वास्थ्य समृद्ध राष्ट्र निर्माणको टेवा’ भन्ने मुल नाराका साथ दिवस मनाईएको हो । दिवसको अवसरमा मोदी गाउँपालिका वडामा हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । भुक स्वास्थ्य चौकी भुकमा भएको कार्यक्रममा महिला स्वास्थ्य स्वयंम सेविका महिला, गर्भवती महिला, दुई बर्ष भन्दा कम बच्चा भएका आमाहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा भुकका अन्य महिलाहरुको बाक्लो सहभागिता रहेको थियो । उक्त कार्यक्रममा ६ समुहको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन गदै भुकका कार्यवाहक वडाध्यक्ष भुलवहादुर पौडेल महिलाहरुका लागि आयोजना गरिएको हाजिरजवाफ प्रतियोगिताले महिलाहरुलाई थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा महिला स्वास्थ्य सम्वन्धी बिषयवस्तुमा आधाररित प्रश्न सोधिएको थियो ।

त्यस्तै देउराली स्वास्थ्य चौकीमा आयोजना भएको प्रतियोगितामा ९ समुहको सहभागिता रहेको थियो । कार्यक्रममा विजेता समुहलाई स्वास्थ्य सम्वन्धी सामग्री पुरस्कार स्वरुप प्रदान गरिएको जन स्वास्थ्य सहायक टिका घर्तीले जानकारी दिनुभयो ।

प्रकाशित मिति १९ मंसिर २०७५, बुधबार १३:१२