खानीगाउँमा बालचतुर्दशी मेला-कृषि प्रर्दशनी देखी निःशुल्क बैंक खाता खोल्र्ने व्यवस्था

मंसिर २०, पर्वत । पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँमा बालाचर्तुदर्शी मेला शुरु भएको छ । मेलाको उद्घाटन फलेवास नगरपालिका मेयर पदमपाणि शर्माले गर्ने कार्यक्रम तय भएको छ । ‘सभ्य सँस्कृति र प्रविधि सम्पन्न स्वास्थ्य, शान्त र समुन्नत समाजको निर्माण’ भन्ने नाराका साथ कार्यक्रमको आयोजना गरिएको हो ।

राष्ट्रिय जागरण युवा समाजले कार्यक्रम आयोजना गरेको हो । आजवाट शुरु हुने कार्यक्रम मंसिर २२ गतेसम्म संचालन हुने छ । कार्यक्रममा कृषि प्रर्दशनी, खेलकुद तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा स्थानीय कृषिजन्य वस्तुको प्रर्दशनी गरिने छ । उक्त मेलामा फलेवास नगरपालिका भित्र उत्पादन भएका कृषिजन्य उत्पादन तथा कृषि यन्त्रको प्रर्दशन गरिने आयोजकले जनाएको छ ।

किसानले उत्पादन गरेका कृषिजन्य वस्तुको बजारीकरण सँगै जनशक्ति अभावले समस्या कम गर्न यान्त्रीकरणलाई जोड दिँदै कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ । मेलामा किसानलाई कृषिसम्वन्धी विभिन्न उपकरण, त्यसको मुल्य र पाईने ठाउँ लगायतका विषयहरुमा जानकारी दिईने छ । उक्त मेलामा नेपाल बाणिज्य बैकको खाता निःशुल्क खोल्ने व्यवस्था मिलाईएको छ । त्यसका लागि दुई वटा फोटा र नागरिकताको फोटो कपी आवश्यक पर्ने बैंकले जनाएको छ ।

उक्त अवसरमा वडा स्तरिय खुल्ला भलिवल प्रतियोगिता, नृत्य प्रतियोगिता,घैटो फुटाउने प्रतियोगिता। आधारभुत तह स्तरिय हाजिरी जवाफ, दौड प्रतियोगिता, बिस्कृट प्रतियोगिता र तेक्वान्दो प्रदर्शनी गरिने छ । भलिबल प्रतियोगितामा प्रथमलाई ४० हजार १११, द्धितीय २५ हजार १११ र मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने छ । त्यस्तै नृत्य प्रतियोगितामा प्रथम पुरस्कार २५ सय र द्धितीय पुरस्कार १५ सय र तृतीय १ हजार मेडल र प्रमाणपत्र, घैटो फुटाउने प्रतियोगितामा प्रथम पुरस्कार ३ हजार, द्धितीय २ हजार र तृतीय १ हजार,दोड प्रतियोगितामा प्रथम पुरस्कार २ हजार, द्धितीय पुरस्कार १५ सय र तृतीय १ हजार र बिस्कृट प्रतियोगिता र तेक्वान्दो प्रदर्शनीमा सहभागीलाई आकर्षक पुरस्कार रहेको राष्ट्रिय जागरण युवा समाजका अध्यक्ष लकास सुवेदीले जानकारी दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय स्तरका कलाकार प्रजापती पराजुली, कृष्ण अखेली र हास्य कलाकार निर्मल पौडेलको बेजोड प्रस्तुती रहने छ । मेलामा ५ हजार भन्दा बढि दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति २० मंसिर २०७५, बिहीबार ०१:१५