रेड वाइनमा पल र साम्राज्ञी अनुबन्धित

असोजन ६, काठमाडौँ । अभिनेता पल शाह र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई एउटै चलचित्रमा देख्न पाइने भएको छ । यी दुवै अभिनेता अभिनेत्री नयाँ चलचित्र रेड वाइनमा अनुबन्धित भएका छन् । विशुद्ध रूपमा प्रेम कथामाथि आधारित यो चलचित्रमा पहिलोपटक पल शाह र साम्राज्ञी आरएल शाहको जोडी बाँधिन लागेको हो ।

पल र साम्राज्ञीको साथमा सन्दीप क्षत्री र अमेरिकामा नै बसोबास गर्ने इमिली लामाले पनि चलचित्रमा अभिनय गर्दै छन् । इमिलीले अमेरिकामा बनिरहेका म्युजिक भिडियोमा काम गरिरहेकी छन् । चलचित्रमा अमेरिकाका चर्चित र स्थापित व्यवसायी पासाङ लामा र आर्यन पौडेलको लगानी रहनेछ । चलचित्रको सहनिर्मातामा निरू भण्डारी रहेकी छन् ।
चलचित्रको सम्पूर्ण छायांकन अमेरिकामा गर्ने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ ।

प्रकाशित मिति ६ आश्विन २०७७, मंगलवार ०५:४०