पर्वतमा भीरबाट खसेर एक युवाको मृत्यु

असोज ७, पर्वत । जिल्लाको कुस्मा नगरपालिका वडा नं १ पाङमा भीरबाट खसेर एक जनाको मृत्यु भएको छ ।
भीरमा घाँस काट्ने क्रममा मंगलबार बिहान ७:३० बजेको समयमा खसेर घाइते भएका २८ बर्षिय गणेश अर्यालको ज्यान गएको हो ।
घाइते अर्याललाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पुर्‍याउँदा मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुबेदीले जानकारी दिनुभयो ।

प्रकाशित मिति ७ आश्विन २०७७, बुधबार ००:२०