कोरोना संक्रमित ६६ हजार नाघे

असोज ७, काठमाडौँ । पछिल्लो तथ्यांकअनुसार थप १३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार नयाँ थपसहित नेपालमा कुल संक्रमित संख्या ६६ हजार ६ सय ३२ पुगेको छ । मंगलबार उपत्यकाभित्र काठमाडौमा ५ सय ११ जना, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जनामा संक्रमण पुष्टि भएको छ ।

उपत्यकाबाहिर सुनसरीमा ७७, रूपन्देहीमा ७४, बाँकेमा ५८, मोरङका ५७, सुर्खेतमा ४४ जनामा संक्रमण देखिएको छ । मंगलबार कोरोना संक्रमणबाट दुईजनाको मृत्यु भएको छ । थप मृतकसहित नेपालमा कोरोनाबाट मृत्यु हु्नेको संख्या ४ सय २९ पुगेको छ । पछिल्लो मृत्यु हुनेमा काठमाडौंका ५० वर्षीय पुरुष र काभ्रेकी ५० वर्षीया महिला छन् ।

कुल संक्रमितमध्ये देशभरिमा ४८ हजार ६१ जना निको भइसकेका छन् भने १८ हजार १ सय ४२ जना सक्रिय संक्रमित छन् । तीमध्येमा ८ हजार ९ सय ४९ जना होम आइसोलेसनमा र ९ हजार १ सय ९३ जना संस्थागत आइसोलेसनमा छन् । गत २४ घन्टामा ११ हजार १ सय ५४ वटा नमुना परीक्षण भएको छ । देशभरिमा ७ हजार १ सय ७१ जना क्वारेन्टिनमा छन् । साभार–नागरिक दैनिकवाट

प्रकाशित मिति ७ आश्विन २०७७, बुधबार ०३:०३