नेबिसंघ म्याग्दीको संगठन बिस्तार तिव्र, प्रकाश माध्यमिकमा ७३ जना बिद्याथीले लिए सदस्यता

शिशिर शर्मा पौडेल, २१ मंसिर ।
नेपाल बिद्यार्थी संघ म्याग्दीले आफ्नो संगठन बिस्तार अभियानलाई तिव्र बनाएको छ ।आज म्याग्दीको सदरमुकाम बेनी बजारमा रहेको प्रकाश माध्यमिक बिद्यालय कक्षा १२ मा हिम्मत केसीको अध्यक्षतामा ७३ सदस्य नेबिसंघ गठन गरिएको नेपाल बिद्यार्थी संघका सदस्इ बिशाल खत्रीले जानकारी दिएका छन । कार्य समितिको बरिष्ठ उपाध्यक्षमा पुष्कल भण्डारी,उपाध्यक्षमा सुरक्षा सुबेदी, अरुण लामगेडे,सचिव यु प्रसाद कडेंल, कोषाध्यक्ष राजेश मिजार, सहसचिव सुरज भटराई, सह कोषाध्यक्ष सस्मिता बानियाँ, महिला बिभाग प्रमुख अमृता मिजार सांस्कृतिक संयोजक बिशाल बिसी रहेका छन । नेबिसंघ म्याग्दीको आयोजनामा भएको संगठन बिस्तार कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेबिसंघ म्याग्दीका निवर्तमान सभापति एव् नेपाली कांग्रेस म्याग्दीका सहसचिव भरत बहादुर रकालले देमा हुने हरेक खालका राजनितिक परिवर्तनमा बिद्यार्थीहरुको ठुलो भुमिका हुने गरेको बताउदै सरकारलाई बिभिन्न विषयमा ध्यानआकर्षण गरान र समाजमा सामाजिक कार्य गर्नेको लागि पनि बिद्यार्थीहरु संगठित हुनु पर्ने बताउनु भएको छ । म्याग्दी बहुमुखी क्याम्पस मुल इकाईका सचिव हरिकृष्णा आचार्यको संचालन जिल्ला सदस्य बिशाल खत्रीको स्वागतमा सम्पन्न भएको कार्यक्रममा नेबिसंघ म्याग्दीका कार्यवहाक अध्यक्ष निर्मल खत्रीले बिद्याथीहरुले अहिले पनि देशमा भैरहेको हत्या बलात्कारी लगायतलाई कारबाही गर्ने र बिद्यार्थीहरुको समस्याको बिषयमा नेबिसंघले सरकारलाई दवाव दिरहेको बताउदै १२ औ महाधिबेशन संगै हुन लागेको जिल्ला अधिबेशनमा जिल्लाको नेतृत्व सम्हाल्ने तयारीमा रहेको बताउनु भएको छ । बिस्तार कार्यक्रममा सदस्य सुजता खत्री,कुशुम बरुवाल,रुप्सीना पुन, लगायतले बोलेका थिए ।

प्रकाशित मिति २१ मंसिर २०७५, शुक्रबार १२:१०