कीर्तिमानी आराेही आङरिता शेर्पाकाे राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

असोज ७, काठमाडौँ । कीर्तिमानी आरोही आङरिता शेर्पाको बुधबार काठमाण्डौमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

विना अक्सिजन १० पटकसम्म सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राख्नुभएका उहाँको शेर्पा समुदायको विधिअनुसार अन्त्येष्टि गरिएको छ । उहाँको सोमबार बिहान १० बजे काठमाण्डौको जोरपाटीमा रहेको आफ्नै निवास निधन भएको थियो ।

सन् १९८३ देखि सगरमाथाको आरोहण सुरु गर्नुभएका शेर्पाले अन्तिम पटक सन् १९९६ मा विना अक्सिजन सगरमाथामा पाइला टेक्नुभएको थियो । उहाँले सर्वोच्च शिखर सगरमाथा मात्रै नभइ विना अक्सिजन नै पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालको पटक–पटक आरोहण गर्नुभएको थियो ।

प्रकाशित मिति ७ आश्विन २०७७, बुधबार ०८:५६