पर्वतमा बाढीले एउटा घर पुरियो, पूरै गाउँ जोखिममा(भिडियो सहित)

असोज ७, पर्वत । निरन्तरको वर्षाका कारण बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेका ४५ घर(परिवार जोखिममा परेका छन्। बस्तीको बीचमा रहेको ठाडो खोल्सा ९सात्खोसी० मा आएको बाढीका कारण एउटा घर पुरिएको छ। अन्य २५ घर पूर्ण रुपमा विस्थापित बनेको जलजला गाउँपालिका(८ का वडा अध्यक्ष हरिविकास जिसीले जानकारी दिए। बाढीले उक्त गाउँमा रहेका ४५ घरनै जोखिममा छन्।

उनका अनुसार खोल्सामा लेदो आउन थालेपछि मानिसलाई सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति हुन पाएन। स्थानीय खड्कबहादुर केसीको घर बाढीले पुरिएको हो।

त्यसैगरी बाढीका कारण पर्वत, बागलुङ र म्याग्दी जोड्ने झोलुङ्गे पुल समेत जोखिममा परेको छ भने बेनी(मालढुंगा सडकसमेत बिहानदेखि अवरुद्ध छ।

बस्तीमाथिको ५० रोपनी भन्दा बढी जंगलनै धाँजा फाटेको अध्यक्ष जिसीले जानकारी दिए। ‘वर्षा नरोकिए ठूलो क्षति हुने सम्भावना छ’, उनले भने।

जिल्ला प्रहरी कार्यालय पर्वतले ठूलो वर्षा भएकाले सम्भावित जोखिम हुन नदिन स्थानीयलाई सुरक्षित स्थानमा सारिएको बताएको छ। स्थानीयवासी नजिकैको विद्यालय वा आफन्तकोमा आश्रय लिएर बसेको प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए।

पहिरोले मध्पहाडी लोकमार्गको पर्वत–बागलुङ सडकखण्ड समेत गएरातिदेखि अवरुद्ध बनेको छ भने अझै संचालनमा आउन सकेको छैन।

भिडियो साभार वडा अध्यक्ष हरि विकास जिसीको फेसबुकवाट

प्रकाशित मिति ७ आश्विन २०७७, बुधबार १०:२२