आज ११ सय ७२ कोरोना संक्रमित थपिँदा १८ सय ९३ डिस्चार्ज

असोज ७, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ११ सय ७२ जनामा कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार ९ हजार ४ सय ४९ पीसीआर परीक्षण गर्दा ११ सय ७२ जनामा संक्रमण देखिएको हो। यो सँगै संक्रमितको संख्या ६७ हजार ८०२ पुगेको छ।

थप ७ जनाको मृत्यु भएसँगै मृतकको संख्या ४३६ पुगेको छ। पछिल्लो २४ घण्टामा १८ सय ९३ जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित मिति ७ आश्विन २०७७, बुधबार १०:५३