पि.पी घायलले भेटे आफ्नो मायालु पोखरामा(भिडियो सहित)

असोज ८, पर्वत । गायक तथा सर्जक पि.वि घायलको पहिलो एल्वम् ‘पोखरामा’ बजारमा आएको छ । मंगलवार सार्वजानिक भएको गितले छोटो समयमै दर्शक तथा श्रोताको मन जित्न सफल भएको निर्माण पक्षले जनाएको छ ।

गितमा लय÷स्वर पि.बि घायलको रहेको छ भने उनलाई पछिल्लो समयकी चर्चित लोकदोहारी गायिका सम्झाना भण्डारीले साथ दिएकी छन् । गितको शव्द बिदुर शर्माले लेखेका हुन् ।
गितमा चर्चित मोडल बिमल अधिकारी र अञ्जली अधिकारीको अभिनय रहेको छ । उक्त गितको निर्देशन बिमल नै गरेका हुन् । गितको एरेन्ज याम थापा मगरले गरेका छन् भने छाँयाकन राजेश घिमिरे र सम्पादन प्रकाश धमालले गरेको निर्माण पक्षले जनाएको छ ।

गितको म्युजिक भिडियो राम्रो बनेको निर्देशक अधिकारीले गण्डकी संचारलाई बताए । गितमा पोखरामा भेटिएको मायालु जोडीको कथावस्तूलाई जोडिएको छ । मायाप्रेममा आधारित गितलाई निर्देशन अधिकारीले सुन्दर तवरले भिडियोमा उतारेका छन् । एल्वम् भावना म्युजिक शोलुसेन्स प्रालि मार्फत बजारमा आएको हो ।

पर्वतको फलेवास नगरपालिका–६ देविस्थानमा जन्मिएर हाल रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका घायलले आफ्नो पहिलो एल्वम्वाट उत्साहित बनेको बताए । छोटो समयमा दर्शकहरुको अत्याधिक मन जित्न सफल भएकोमा उत्साहित भएको छु घायलले भने,‘आगामी दिनमा थप नयाँ सिर्जना ल्याउने छु,’
भिडियो हेर्न उहाँ क्लिप गर्नुहोस्

प्रकाशित मिति ८ आश्विन २०७७, बिहीबार ००:२५