पर्वतमा थप चारजनामा कोरोना , संक्रमितको संख्या १२१ पुग्यो

असोज ८, पर्वत । जिल्लामा बुधवार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षेत्रिय क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा पर्वतमा नेपाली सेनाका ३ सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार केवल जंग गुल्ममा कार्यरत ३३, २९ र २१ बर्षका पुरुष तथा कुस्मा नगरपालिका वडा नं १ पाङका ५० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कुस्मा नगरपालिकाका १ का पुरुष भारतबाट आई क्वारेन्टाईनमा बस्दै आएका थिए भने अन्य तीन जना नेपाली सेनापनि गुल्मकै क्वारेन्टाईनमा रहेका थिए । उनीहरुलाई आइसोलेसनमा लगिएको छ । । नेपाली सेनाको गुल्ममा यस अघि पनि चार जनामा संक्रमण पुष्टि भैसकेको छ ।

संक्रमित थपिए संगै पर्वतमा संक्रमितको संख्या १ सय २१ पुगेको छ ।

प्रकाशित मिति ८ आश्विन २०७७, बिहीबार ०१:०६