गंगाधर तिवारी भन्छन् – ‘नगरपालिका पार्टीको सचिवालय जस्तै बनेको छ’

साजन परियार, पर्वत । नेपाली काँग्रेसका महासमिति सदस्य तथा फलेवास नगरपालिका मेयरका प्रत्यासी गंगाघर तिवारीले नगरपालिका सबैको साझा संस्था हुन नसकेको बताएका छन् । नगरपालिकालाई मेयरले पार्टीको सचिवालय जस्तै बनाएर संचालन गरेको उनको आरोप छ । पर्वत फलेवास नगरपालिका –३ शंकरपोखरीमा सिमखेत युवा क्लवले आयोजना गरेको नगरपालिका स्तरिय हाजिरजवाफ प्रतियोगिता तथा न्यायो कपडा वितरणमा तिवारीले यस्तो बताएका हुन् ।

मेयरले उपमेयर र वडाअध्यक्षको अधिकारलाई कुण्ठित गर्न खोजेको बताउँदै अधिकार जति आफ्नो मुठिमा नलिन आग्रह गरे । ‘पार्टीको झण्डा राखेर नचलाउनुहोस्, मेयर पदमपाणि शर्मा प्रति लक्षित गदै तिवारीले भने, नगरपालिका सबै पार्टीको साझा संस्था हो । पाँच बर्ष जनताले तपाईलाई संचालन गर्न दिएका हुन् । हामी तपाईको जिम्मेवारीलाई सम्मान गछौँ । तर, पार्टीको सचिवालय जस्तो बनाएर चलाउन खोजे हामीलाई मान्य हुने छैन ।’ तिवारीले थपे,‘ नगरपालिका एउटा पार्टिको थलो हैन भन्ने हेक्का नगरप्रमुखले राख्नुपर्छ ।’ फलेवास नगरपालिकाले अत्याधिक कर उठाएको प्रति आक्रोश व्यक्त गदै तिवारीले भने,‘जनतालाई पहिला नगरपालिकावाट हुने सेवासुविधाको प्रत्याभुती दिलाउनु होस् अनि कर लिनुहोस ।’

आजसम्म नगरपालिकाले गति लिन्छ भन्ने आशा गरेकोले चुप बसेको बताउँदै तिवारीले नगरपालिका जनताको चाहना विपरित चल्न थालेपछि सार्वजनिक रुपमै विरोधमा उत्रिएको तिवारीले उक्त अवसरमा बताएका थिए । नगरपालिका कार्यक्रम एउटा सानो समुहलाई मात्र वितरण गरेको आरोप लगाउँदै नगरपालिका काम जनताले प्रत्याभुती गर्न नपाएको उनको भनाई छ । नगर पम्ुखले यस्तो गदै गएमा समुन्नत र समृद्धि फलेवास बन्न नसक्ने तिवारीको दावी छ ।

तिवारीले आफुले नगरपालिकामा कुनै स्वार्थ नराखी काम गर्न चुनावी मैदानमा आएको तर जनताले आफूलाई नस्विकारेकोमा कुनै दुःख नलागेको बताए । ‘जनता जनार्दनले जुन अपेक्षाले मलाई पराजित गरेर अर्को साथीलाई रोजे आज उनीहरुलाई पछुतो लागिरहेको छ,’ तिवारीले भने,‘ नगरप्रमुख ज्यू गफले नगर बन्दैन, जनताका काम गर्नुहोस ।’ उनले मेयरले आफुलाई राजा ठानेर तानाशाही व्यवहार लाद्न थालेको पनि बताए ।

प्रकाशित मिति २२ मंसिर २०७५, शनिबार ०२:३८