पाल्पाको दुई ठाउँमा पहिरोले पुर्दा ६ जना बेपत्ता

असोज ८, पाल्पा । पाल्पामा पहिरोले पुर्दा ६ जना बेपत्ता भएका छन् । रम्भा गाउँपालिका २ फोक्सिङकोट, बेलौजाका ६० वर्षका हुमबहादुर गाहाको घर पुरिँदा गाहासहित उहाँकी श्रीमती, छोरी र दुई नातिनी बेपत्ता भएका स्थानीयले बताएका छन् । घटनाबारे थाहा पाएलगत्तै जिल्ला प्रहरी कार्यालय, पाल्पाबाट टोली घटनास्थलतर्फ लागेको प्रहरीले जनाएको छ ।

यस्तै रम्भा गाउँपालिका दुईकै सुरुङ डाँडामा पहिरोले घर पुरिँदा अर्की एक महिला बेपत्ता भएकी गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभएको छ । उनीहरुको खोजी भइरहेको छ ।

प्रकाशित मिति ८ आश्विन २०७७, बिहीबार ०३:००