पर्वतको मोदी गाउँपालिकामा नेपाल बैंकको सेवा

असोज ८, पर्वत । सदरमुकाम कुश्माबाट मात्रै सेवा दिँदैआएको नेपाल बैंक लिमिटेडले मोदी गाउँपालिकाबाट पनि सेवा शुभारम्भ गरेको छ । कुश्मा शाखाको समन्वयमा सबैजसो कारोबार हुनेगरि मोदीमा एक्स्टेन्सन काउण्टर शुरु गरिएको बैंकले जनाएको छ ।

कुश्मा शाखाका प्रबन्धक नवराज दवाडीका अनुसार गाउँपालिकाबाट हुने सरकारी कारोबार, बैंक खाता, राजस्व, बचत तथा अन्य सेवालाई सहज बनाउन कारोबार शुरु गरिएको हो । बुधबारबाट सेवा शुभारम्भ गरेको बैंकले गाउ“पालिकाको सम्पुर्ण कारोबार नियमित रुपमा सञ्चालन गरेको दाबी गरेको छ । ‘गाउँपालिकालाई नजिकमा सेवा दिन काउण्टर सञ्चालनमा ल्याएका हौं,’ कुश्मा शाखाका प्रबन्धक दवाडीले भने, ‘कुश्मा शाखाबाट हुने सबै प्रकारका सेवा नियमित प्रवाह गर्छौं ।’ उनका अनुसार कुश्मा शाखामा हुने कारोबारको ४० प्रतिशत मोदी गाउँपालिकाबाट हुँदै आएको छ ।
काउण्टर शुरु भएपछि गाउँपालिकाबाट हुने सबैजसो आर्थिक कारोबारका लागि धेरै सहज हुने अध्यक्ष्ँ प्रेम शर्मँ पौडेलले बताए । ‘बैंङ्कििङ कारोबारकै लागि एकजना कर्मचारी खटाउनुपरेको थियो,’ उनले भने, ‘अब त्यो समस्या हटेको छ ।’ गाउँपालिकाले गर्ने राजस्व संकलन, घरबाल कर, कर्मचारी तथा शिक्ष्ँकको पारिश्रमिक लगायतको कारोबार गर्न सहज हुने उनले बताए । प्रशाषकिय अधिकृत किसानबहादुर क्षेत्रीले नजिकमा बैंकको सेवा भएपछि धेरै सुविधा भएको बताए । ‘हाम्रो सबै खाता नेपाल बैंकमै छ,’ उनले भने, ‘दैनिक आउजाउ गर्न समस्या थियो । अब धेरै सहज हुन्छ ।’

नेपाल बैंकका सहायक कर्मचारी ध्रुब तिवारीले सुन कर्जा बाहेकका सबै सेवा मोदी काउण्टरबाट सञ्चालन गरिएको बताए । ‘कुश्मासंग समन्वय गरेर सुनको कारोबार पनि हुन्छ,’ उनले भने, ‘अरु कुश्माबाट हुने कुनै सेवा यहा“ रोकिन्न ।’ बैङ्किङ कारोबारका लागि मात्रै कुश्मा पुग्नुपर्ने बाध्यता हटेको स्थानीय रामचन्द्र तिमिल्सिनाले बताए । ‘एउटा चेक साट्न दिनै फाल्नुपथ्र्यो,’ उनले भने, ‘अब धेरै सुविधा भएको छ ।’

df]bL ufp“kflnsfdf ;]jf la:tf/ ub}{ g]kfn a}+s lnld6]8 s’Zdfsf sd{rf/L / ;]jfu|flxx? . tl:a/ ;f}hGoM w|’a ltjf/L .

प्रकाशित मिति ८ आश्विन २०७७, बिहीबार ०९:२९