भष्ट सरकार र अन्धो  प्रतिपक्ष

मुलुकमा पटक–पटक जनताको अग्रगामी सोच, त्याग, तपस्याबाट आर्जित अन्य सकारकारहरु मध्ये वर्तमान सरकार पनि एक हो । देश सात दर्शक भन्दा लामो राजनैतिक संर्घष र कैयन उतरचढाब झेल्दै वर्तमान अवस्थामा आएको नेपाल भष्टाचार, बेतिथि र बिसंगतिको जड बनेको छ ।
राष्टवाद र विकासको लहर आउने सपना र आश्वासन बाँडेर झण्डै दुईतिहाई नजिक रहेको वर्तमान केपी शर्मा वली नेतृत्वको सरकार बनेको आज झण्डै ३ बर्ष हुन लाग्यो । तर, देशमा विकास, सुशासन समृद्धि अगाडि बढ्नु त कता हो कता उल्टै अराजकता, भष्टाचार र बेमेलको राजनितिले ठाउँ पाएको हो कि भन्ने भान हुन थालेको छ । सरकार संचालनको नाइके नै निरन्तर ठुला–ठुला काण्डमा मुछिनु, भष्टाचारीलाई सफाई दिन जोडबल गर्नु र उहाँकै पार्टीभित्र निरन्तर सत्ता संर्घष बढ्नु र जसको प्रत्यक्ष असल राज्य सञ्चालनका विविध पार्टीमा देखिनु अर्को कुरा हो । त्यस्तै देशमा ३३, किलो सुनकाण्ड, निर्मला प्रकरण, होलिवाइन काण्ड हुँदै कोरोनाको महामारीमा समेत सामान खरिद प्रकृयामा भएको भष्टाचार काण्डले सरकार अलोकप्रिय बनिरहेको छैन भष्टाचारको मुल नै फुटेको भान हुनथालेको छ ।
साथै सत्तापक्ष भित्रै पाटीभित्र केही आवाज दवाउन गरीएको दुश्चाय, पत्रकार माथिको निरन्तर हमाला न्यायक्षेत्रप्रतिको हमाला, गोविन्द केसीको माथि गरेको अत्याचारको विविध प्रयासले सरकार कतै लोकतन्त्रको मर्म माथि नै गम्भीर चुनौति दिएको त होईन ? भन्ने प्रश्न पनि उब्जिएको छ ।
देशमा यस्तो विषम परिस्थिती निर्माण भइरहँदा आफुलाई सात दशक लामो इतिहाँस बोकेको पार्टी भनेर गर्भ गर्ने नेपाली काँग्रेस मौन रहनु अर्को दुभाग्य पूर्ण कुरा हो । इतिहासलाई जिस्काउने र जगत नै हँसाउने सरकारलाई जिस्काउने र जगत नै हँसाउने सकारका विविध निर्णयहरु बारम्वार भइरहने र त्यसको विरुद्धमा प्रतिपक्ष दलवाट विज्ञाप्ति आउनु भन्दा अर्को दवावमूलक काम हुन नसक्नु लोकतन्त्रको लागि अर्को खतराको संकेत त होइन ?
सरकार र प्रतिपक्ष आफुलाई असहज परिस्थिति निर्माण हुँदासम्म झगडा गरेजस्तो गर्ने, आरोप–प्रत्यारोपमा उत्रिने तर कैयन विषयमा भागबण्डाको सृजना गरेर बालुवाटार देखी बुढानिलकण्ठ हुँदै बोहोराटारसम्म सबै चुच्चो घाँटी मिलाउने कुराले राज्यमा थप बेतिथि विसङगति र भष्टचार मौलाएको छ ।
वतर्मान समयमा सरकार पक्ष सत्ता संर्घषमा पटक–पटक रमालिहरनु र प्रमुख प्रतिपक्ष पनि आगामी महाधिवेशनलाई लिएर आन्तरिक सत्ता संर्घषको चरम बिन्दुमा पुगेकाले सरकार भित्र र प्रतिपक्ष भित्र कोही कसैबाट भएको भष्टचार र बेथितीको जरा कोट्याउने सोचमा देखिन्न ।
वर्तमान समयमा सरकार पक्षबाट न्यायलय, प्रशासन र अन्य व्यवस्थामाथी हुँदै राज्यका विभिन्न अंगमाथि दिनानुदिन हमला गरिरहने, सत्ता र शाक्तिको आधारमा न्यायालयमा भर्ति गर्ने र आफुलाई कसरी बचाउन सकिन्छ भन्नेमा लागनु रातदिनको चिन्ता नै भष्ट्राचारको अर्को प्रमुख जड हो । तर राज्यबाट दिनप्रतिदिन यस्ता काम भइरहँदा समेत प्रमुख प्रतिपक्ष मौन रहनुले के यस्ता भष्ट्रचारका विविध काण्डमा आफै पनि संलग्न त छैन भन्ने प्रश्न उब्जानु स्वाभाविक हो ।
यो देशमा ठुलाठुला परिवर्तनमा प्रत्येक्ष साथ र संलग्न भएको आम नेपाली दाजुभाई तथा दिदिबहिनीहरु राज्यपक्षबाट भएका विविध घटना सँगै प्रतिपक्षले निभाएको भूमिका नजिकबाट निहालिरहेको पाइन्छ, तर, जनताहरु चुपचाप बसिरहेका छन् भन्ने हेतुले मनपरी गरिरहेका राजनितिक दलमाथि आम जनताले पुन एकपटक आफ्नो धैयताको बाध खोल्ने त होइनन् ?
समाज रुपमान्तरणमा अगाडी बढाउने जिम्मेवार बनेका देशका ठुला राजनैतिक दल आफै त चुवज भै चुप गर्ने दुभाग्यपूर्ण छ । सरकार हरेक कुरामा भष्टाचार गदै जाने प्रतिपक्ष देख्या नदेख्य ागर्ने व्यक्ति समाज, न्यायलय सबै राजनितिक दलको झोले बन्ने कारणले देशमा भष्ट्राचार अंहम रुपमा मौलाएको छ ।
वर्तमान अवस्थामा सत्तापक्ष र प्रतिपक्षी दुवैतिर भष्टाचार को कुरा उठाउन खोज्नेलाई पनि आफ्नै पार्टीभित्र गुमनाम पार्ने स्थिती दखिन्छ । त्यसलाई चिर्ने सत्ता पक्ष र प्रतिपक्षका साथिहरु आफ्नो–आफ्नो पार्टीभित्र भएका भष्टाचारीलाई औला ठड्याउन सक्नुपर्ने देखिन्छ ।
तर देशमा यस्तो अवस्था निर्माण भएपनि आम नेपाली दाजुभाई तथा दिदिबहिनीहरु प्रयात्न उपलव्धीलाई संस्थागत गदै भष्टाचार, विकृति र विसंगतिलाई आफ्नो आफ्नो क्षेत्रवाट खवरदारी गर्ने तयार भइरहनु पर्ने देख्निछ । नत्र यस्तै अवस्था रहिरहे लोकतन्त्र माथि खतरामा पर्ने संकेत देखिन्छ ।

(लेखक नेपाल विद्यार्थी संघका नेता हुन् ।)

प्रकाशित मिति ८ आश्विन २०७७, बिहीबार १०:४३