उपत्यकामा एकैदिन कोरोनाबाट ६ जनाको मृत्यु, ७५५ संक्रमित

असोज ८, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ। काठमाडौंमा तीन पुरुषसहित चारजना, भक्तपुरमा एक महिला र एक पुरुष गरी ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै उपत्यकामा ७५५ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ७५५ जनामा संक्रमण देखिएको हो। काठमाडौंका ६०९, भक्तपुरका ५१ र ललितपुरका ९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ५० प्रतिशत उपत्यकाका रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति ८ आश्विन २०७७, बिहीबार ११:०८