सामुदायिक सहकारीको अध्यक्षमा पुन क्षेत्री

असोज ११, पर्वत । सामुदायिक वचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । साधारण सभाले गणेशवहादुर क्षेत्रीलाई पूनः अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा जितवहादुर नेपाली, सचिवमा लिलाधर तिवारी, कोषाध्यक्षमा थानेश्रर भुषाल चयन हुनुभएको छ । सदस्यहरुमा पृथ्वी नारायण शर्मा, मुना शर्मा लामिछाने,दिलिप शर्मा गौडेल, शोभा ढकाल, जानकी शर्मा चयन हुनुभएको छ ।
सहकारीको लेखा समितिको संयोजकमा ओम गौडेल र सदस्यमा लक्ष्मी शर्मा एवम् जगन्नाथ शर्मालाई चयन गरेको छ ।
साधारण सभाले चालु आ.व. ०७६÷७७ का लागी २१ करोड ८४ लाख ५ हजार ३६४ रुपैयाँको प्रस्तावित आयव्यय सहितको वजेट तथा निति कार्यक्रम पारित गरेको छ ।
२०५६ सालमा संस्थापक अध्यक्ष सामाजिक अभियान्ता ऋषिकेश तिवारीको अध्यक्षतामा स्थापना भएको सहकारीले २१ औ वर्ष पुगेको छ । सहकारीमा १ हजार ३ जना शेयर सदस्य रहेका छन् । कुल शेयर पुजि ३ करोड २ लाख ९२ हजार १ सय रहेको छ भने वचत तर्फ १ करोड ९५ लाख ८० हजार १ सय १६ रहेको छ ।

प्रकाशित मिति ११ आश्विन २०७७, आईतवार १३:३५