आखिर राजनीति के को लागि?

तरुण दल पर्वत फलेवासका प्रवक्ता निर्मल बोहोरा भाइले केही दिन पहिले आफ्नो फेसबुक वालमा स्टाटस लेखे ‘आखिर राजनीति के को लागी ?’ बास्तवमा यो प्रश्न अहिले धेरै युवाहरुको मनमा खेलिरहेको हुनु पर्छ। यो आफैमा एउटा ज्वलन्त प्रश्न ( burning question) हो।

यो प्रश्न नेपाली काङ्ग्रेस (जिल्ला र केन्द्र )का तमाम नेताहरु तर्फ तेर्सिएको त छदै छ, हाल मुलुकमा मौलाइरहेको भ्रस्टाचार, अत्याचार, बिकुवा प्रबृत्ति, राजनीतिको ब्यापारीकारण, सुन्न्य जवाफदेहिता,सिद्धान्त बिहिन,मुल्य बिहिन राजनीति जो देखिदै छ तेसैको परिणाम एक स्वाभिमान युवामा यो प्रश्न उब्जिएको कुरा सहजै अन्दाज गर्न सकिन्छ। लाखौ युवा तथा तरुणहरुको प्रतिनिधि प्रश्न हो यो आजको दिनमा । यो प्रश्नले मलाइ निकै मर्माहत बनायो। आफ्नै राजनैतिक बिगत तथा ४२ वर्षको लामो राजनैतिक यात्रालाई फर्केर हेर्न बाधय बनायो। आजका युवाहरु कति सचेत र जागरुक छन भन्ने ज्वलन्त उदाहरण हो यो प्रश्न। म युवा छदा यो र यस्ता प्रश्नहरु मेरो मनमा किन न उब्जिएको होलान ?प्रीय निर्मल भाइ, वास्तवमा राजनीति त्याग, समर्पण र परिवर्तनको महायज्ञ हो। यो कुरा महात्मा गान्धी, बी पी कोइराला, नेल्सन मन्देला,पुस्पलाल, कृष्ण प्रसाद भट्टराई, गणेश मान सिंह,मनमोहन अधिकारी हरु नै उदाहरण छन।वहाँ हरु सबैले राजनीति लाई सत्य र न्यायको लडाइँ बनाउनु भएको कुरा जगजाहेरै छ। अब त्यसमा सामाजिक न्याय र आर्थिक समृद्धि जोडनु मात्र पर्दछ।आजको राजनीति बिबिध सम्भावनाहरुको प्रतिस्पर्धा पनि हो। बीपी कोइरालाले भन्नू भएको छ

राजनीति भनेको जनतालाई जोड्ने र असल कामको लागी परिचालन गर्ने सन्यन्त्र वा प्रणाली हो। फेरि राजनीति भनेको फगत सिधान्तको रटान र इतिहास को बखान र कहिलेही पूरा नहुने खोक्रो आस्वासन पनि होइन। राजनीति जनताको दैनान्दीक समस्या सग जोडीनु पर्छ। पार्टीमा रहेका वा सरकारमा रहेका नेताहरुको महत्वाकांक्षा पूरा गर्ने माध्यम वा हतियार लोकतान्त्रिक राजनीति हुन सक्दैन। बी पी कोइरालाले राजनीति बारे यसो भन्नू भएको छ। वाहाकै शब्दमा — ” साथी हो, राजनीति निष्ठा र त्यागको कर्म हो। यो कुरा बुझिराख्नु होस कि आलोचना र उतारचढाव यस्का गहनाहरु हुन, इनलाइ लाउन्न भन्न पाइदैन।”हामी आफुलाइ बी पी का अनुयायी भन्छौ अनि आलोचना र बिरोध देखि डराउछौ ? हामी कस्ता अनुयायी ? राजनीतिमा हुनेहरु सबैले प्रस्न गर्न डराउनु हुदैन। प्रस्नै नगरी उत्तर कसरी आउँछ? चौधौं अधिवेशनमा स्वस्थ्य प्रतिस्पर्धा सहित नेतृत्व चयन गर्न बिधान बमोजिम कृयासिल सदस्यता वितरणमा निस्पक्ष्यता र पारदर्शीता देखाउनु पर्छकी पर्दैन? इ र यस्ता यावत प्रश्नहरु छन। यस्ता प्रश्नहरु गर्दा बिरोध भएको ठान्नु हुदैन। बी पी ले भने जस्तै बिरोध र उतारचढाव राजनीतिका गहना हुन। येस्को इन्कार गर्छौ भने हामी कसरी लोकतन्त्रवादी ? हरेक प्रश्न र आलोचना लाई बिरोध नै देख्ने चस्मा अब हामी सबैले उतारौ साथीहरू नत्र काङ्ग्रेस बलियो कसरी बन्न्ला ? युवा जमातलाइ आकर्षण गर्ने नीति, नेत्तृत्व र कार्यक्रमको आबस्यकता छ।

मेरो गोरुको बार्है टक्का भन्ने जमाना गैसक्यो साथीहरू। अमेरिकी पुर्व रास्ट्रपति जोनफ क्यानेडि रास्ट्रपति निर्वाचित भएपछिको रास्ट्रको नाममा पहिलो सम्बोधनमा यसो भनेका थिए:- Let us not blame for the past, let us accept our own responsibility for the future. यो भनाइमा बिगतका सबै तिक्तता, झगडा लाई बिर्साइदियो। अमेरिकी जनतालाइ एकताको सुत्रमा अगाडी बढाउने काम गरे। तब न अमेरीका भयो। चेतना भया ? प्रिय निर्मल भाइ तिम्रो ज्वलन्त प्रश्नले येति कुराहरु लेख्ने बनायो। ठिक समयमा ठिक प्रश्नको महत्व अहम हुन्छ। म चाहन्छु पर्बतका युवाहरूले नेताहरुलाइ प्रश्न सोधुन। उत्तर अबस्य मिल्नेछ । अन्तमा यो कुरा बुर्सनु हुन्न कि राजनीति निष्ठा र निरन्तरताको निरन्तर यात्रा हो। यस्मा थाक्नु हुन्न। राजनीति निरन्तर आसा र अनन्त सम्भावनाको यात्रा हो।

गलत र अन्न्यायको बिरोध नगर्ने ब्याक्ती युवा हुन सक्दैन। उमेरले मात्र युवा भैदैन।एक असल र कुसल नेता पनि हुन सकिदैन। पद ग्रहण ले मात्रै पनि नेता भैदैन। नेता को हो? कस्तो हो? यो छुट्टै बहसको विषय छ।कुनै बेला गरौंला। अन्तमा :–” जहाँ सत्यको मुख थुनिन्छ त्याहा मिथ्याको थुतुनो खुल्छ” — बी पी कोइराला

प्रकाशित मिति १२ आश्विन २०७७, सोमबार ०८:०३