नेवि संघ पर्वतको अध्यक्षमा बस्यालको चर्चा

पर्वत । नेपाल विद्यार्थी संघ पर्वतको अधिवेशन नजिकिए सँगै नेवि संघ पर्वतको सभापतिमा बलराम बस्यालको चर्चा चुलिएको छ । उनको अहिले कुश्मा बजारमा मात्र होईन गाउँ तथा टोल÷टोलमा चर्चा हुन् थालेको छ ।

चर्चा चुलिएसँगै नेवि संघ पर्वतको सभापति पदमा उम्मेदवारी दिने मनस्थिती बनाएका छन् । स्कुलले जिवन देखी नै नेपाल विद्यार्थी संघको राजनितिमा सक्रिय हुँदै आएका बस्याललाई सर्वसम्मत सभापति बनाउनु पर्ने आवाज उठ्न थालेको छ ।

काम र नेतृत्व गर्न सक्र्ने क्षमता भएकै कारण नै उनको चर्चा हुन थालेको हो । विद्यार्थी नेतामा आफ्नो छुट्टै पहिचान बनाउन सफल बस्याल शान्त र मिलनसार स्वाभावका नेता मानिन्छन् । उनी पर्वतका विद्यार्थीहरु माझ पनि उत्तिकै लोकप्रिय छन् । वि सं २०६५ सालमा चन्द्र माबी उरामपोखराको सभापति भएर नेवि संघको राजनिति थालेका बस्याल, वि।स। २०६९ मा बुटवल बहुमुखी क्याम्पसको इकाइ सचिव र वि।सं २०७१ सालदेखी त्रिचन्द्र क्याम्पस नेता ,२०७२ मा नेबि सघं पर्वत जिल्ला सदस्य र हाल उपसभापति भएर काम गरिरहेका छन् ।

नेवि संघको काम कुशलतापुर्वक जिम्मेवारी निर्वाह गरेकाले आफु स्वत् सभापति दावेर रहेको बस्यालको बताए । ‘देश, जनता, विद्यार्थीको शैक्षिक गतिविधि र लोकतन्त्रको वृद्धिविकासमा कृयाशिल विद्यार्थी राजनीति इतिहास मात्र होइन वर्तमान र भविष्य हो । संविधान निर्माणको यात्रासँगै देशले जितेको यो बेला सुन्दर वर्तमान र सुनौलो भविष्य निर्माण गर्ने समय हो ।

देशको सिंगो जिवनमा यात्रा गरेको लोकतन्त्र र लोकतन्त्र प्राप्तिकै एतिहासिक उतारचढावपुर्ण कालखण्ड जहाँ नेपाल विद्यार्थी संघ सङ्ग जिवन जोडिएको छ, बस्यालले ‘ शिक्षा लाई व्यावहारिक र युग सुहाउँदो अनुसार शिक्षामा भएका विकृति र विसंगति हटाउन आफ्नो उम्मेद्वारी घोषणा गरेका हु’–उनले भने ।,’

प्रकाशित मिति २९ मंसिर २०७५, शनिबार ०३:४८