पर्वतको पैयुँमा नयाँ प्रमुख प्रसासकिय अधिकृत, गाउँपालिकाद्धारा भव्य स्वागत

असोज १२, पर्वत । पर्वतको पैयुँ गाउँपालिकामा नयाँ प्रमुख प्रसासकिय अधिकृतलाई स्वागत गरिएको छ । गाउँपालिकामा आजदेखि हाजिर हुनुभएका प्रमुख प्रसासकिय अधिकृत नेत्र पौडेललाई स्वागत गरिएको हो । प्रमुख प्रसासकिय अधिकृत पौडेललाई पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्द्र प्रसाद तिवारी, उपाध्यक्ष जसमती गुरुङ लगायत कार्यालयका कर्मचारीहरुले भव्य स्वागत गरेका छन् ।
गाउँपालिकाका अध्यक्ष तिवारीले कानुन र नीति नियमको परिधीमा रहेर प्रमुख प्रसासकिय अधिकृतले जनताको सेवा गर्ने विश्वास व्यक्त गर्नुभयो । तिवारीले पौडेलको आगमन संगै गाउँपालिकामा रोकिएका प्रसासनिक कार्यले गति लिने पनि बताउनुभएको छ । तिवारीले गाउँपालिकामा करिव दुई हप्ता देखि प्रमुख प्रसासकिय अधिकृत नहुँदा धेरै योजनाहरु रोकिएको बताउँदै अब ति योजनाहरु धमाधम अघि बढ्ने जानकारी दिनुभयो ।
उपाध्यक्ष जसमति गुरुङले कर्मचारी र जनप्रतिनिधीका बिचमा सहकार्य भएमा जनताले सहज सेवा पाउने बताउनुभयो । उहाँले पौडेललाई जनप्रतिनिधीहरुले हरेक काममा आवश्यक सहयोग र समन्वय गर्ने बताउनुभएको छ ।

स्वागत ग्रहण गर्दै नवआगन्तुक प्रमुख प्रसाकिय अधिकृत नेत्र पौडेलले निष्पक्ष, तटस्थ र जनमुखी सेवा गर्ने बताउनुभयो । आफु पर्वत जिल्लावासी नै भएको बताउँदै पौडेलले जिल्लाको गरिमा बढाउने गरि आफुले काम गर्ने प्रतिबद्धता पनि जनाउनुभयो । सबै जनप्रतिनिधी, कर्मचारी, राजनीतिक दल, नागरिक समाज, पत्रकार जगतको आफुलाई साथ र सहयोग प्राप्त हुने पनि पौडेलले विश्वास व्यक्त गर्नुभएको छ । पौडेल कुश्मा नगरपालिका ८ चुवा निवासी हुनुहुन्छ । उहाँ यसअघि मुस्ताङको घरपझोङ गाउँपालिकामा कार्यरत हुनुहुन्थ्यो ।

प्रकाशित मिति १२ आश्विन २०७७, सोमबार १३:५०