तिन दाजुभाईकी ‘बहिनी’ सार्वजानिक, अर्जुन थापाको जीवन्त अभिनय (भिडियो सहित)

असोज १७, पर्वत । पर्वतका तिन दाजुभाईले संयुक्त रुपमा बजारमा ल्याएको ‘बहिनी’ गित अहिले चर्चाको शिखरमा छ । सानै उमेर देखी कलाक्षेत्रमा सक्रिय किसान बिसी, सुमन सेन्चुरी र बिक्रम सेन्चुरीले गित बजारमा ल्याएका हुन् । जिल्लाको जलजला गाउँपालिका–६ सालिजामा जन्मिएका दाजुभाईले चाडपर्वलाई लक्षित गरेर गित बजारमा ल्याएको बताएका छन् । गितमा बिक्रम सेन्चुरी र तेजा सुनारको स्वर रहेको छ । सुमन सेन्चुरीले शव्द लेखेका छन् । गितको म्युनिक भिडियो पनि सार्वजानिक भएको छ । म्युजिक भिडियो किसान विसीले निर्देशन गरेका हुन् ।

म्युजिक भिडियोमा कलाकार तथा संचारकर्मी अर्जुन थापा र पुजा पुनको मुख्य भूमिका रहेको छ । अन्य कलाकारमा भुमा विश्वकर्मा, मनिका रसाल, खुम पुन, कृष्ण सुनार, कमल पुन र दिया थापा विश्वकर्मा लगायतका कलाकारको जीवन्त अभियान रहेको छ । गितको म्युजिक भिडियो शालिजामै छाँयाकन गरिएको छ ।

गितको म्युजिक भिडियोमा गरिबीको पीडालाई छर्लङ्ग देखाउन खोजिएको छ । बुवा दिवङ्गतपछि साुहको ऋण तिर्न र परिवारमा खुशी ल्याउन सानै उमेरमा परदेश हिँड्नुपरेको एक नेपाली कथा भिडियोमा देख्न सकिन्छ । चाडपर्वतमा दाजुभाईको अभावमा खिन्न मानेर बस्नु परेकी बहिनीको पीडालाई म्युजिक भिडियोमा उतारिएको छ । बुढेसकालमा छोराको सहारामा बाँचेकी आमालाई परदेशमा छोराले पाएको दुःख सुनेपछि देवन्त त्याग गरेको दृष्य भिडियोमा देख्न सकिन्छ । प्रेमी आउने आशामा बाँचेकी प्रेमीका लामो समयसम्म पनि प्रेमी नआएपछि अर्कोको सिन्दुर पहिरिन विवश भएको बाध्यता म्युजिक भिडियोमा देख्न सकिन्छ ।

तर, निर्देशक बिसी म्युजिक भिडियो नहेरेसम्म गितको कथावस्तु बुझन् नसकिने जिकिर गर्छन् । म्युजिक भिडियोमा हामीले समग्र नेपाली युवाको पीडालाई देखाउन खोजेका छौँ निर्देशक बिसीले भने,‘परिवारको मुख्य सदस्य परदेशमा हुँदा परिवारमा आएको विचलन भिडियोमा देख्न सकिन्छ ।,’

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित मिति १७ आश्विन २०७७, शनिबार ०२:४१