जिल्ला अधिवेशनमा शिशिर शर्मा पौडेलको उम्मेदवारी किन, यस्ता छन् उनका प्रतिबद्धता

नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघको अधिवेशन नजिकिए सँगै पर्वतमा शिशिर शर्मा पौडेललको चर्चा चुलिएको छ । पौडेल गुप्तेश्वर बहुमुखी क्याम्पसका इकाई सभापति हुन् । त्यस्तै नेवि संघ पर्वतका जिल्ला सदस्य समेत रहेका छन् । नेवि संघ भित्र कर्मष्ठ, वैचारिक, नेतृत्व क्षमता भएका नेताका रुपमा हेरिने पौडेलको चर्चा पर्वतका अन्य विद्यार्थी नेताको भन्दा फरक छ । स्थानिय र प्रतिनिधी सभाको निर्वाचन पश्चात पार्टी आएको विकरल अवस्थामा पौडेलले गरेका राम्रा कामले विद्याथीहरुको ‘के्रज’ ह्वत्तै बढेको छ । विद्यार्थी नेता,कार्यकर्ता देखी काँग्रेस नेताहरुले पौडेललाई अध्यक्ष बनाउनुको विकल्प नरहेको तर्क गरेपछि छन् । अहिले अधिकाँश विद्यार्थीको रोजाईमा पौडेल परेपछि नेताहरु पनि यो बिषयमा मौन छ । उनको चर्चा पर्वतमा मात्र होईन देशभर चुलिएको छ । नेपाल विद्यार्थी संघको राजनितिमा सक्रिय पौडेल जिल्लाका सबै वडामा शैक्षिक कार्यक्रम लिएर पुगेका छन् । सबै विद्यार्थीले पौडेललाई अध्यक्ष बनाउन पर्छ भन्ने आवाज उठाएपछि अन्य विद्यार्थी नेता पनि मौन छन् । पार्टीले लिएको आन्तरिक सुझावमा पनि उनी एक नम्बरमा परेको काँग्रेस श्रोतको भनाई रहेको छ । उनलाई अध्यक्षको दर्बिलो उम्मेदवारको रुपमा पर्वतमा हेरिन्छ ?

यस्ता छन् उनका प्रतिबद्धता
• विद्यार्थीहरुको कुशल नेतृत्व गर्न ।
• शैक्षिक माफियाहरुलाई निरुत्साहित गर्न ।
• शिक्षा क्षेत्रका विकृतिको अन्त्य गर्न।
• व्यवहारिक एवम् गुणस्तरीय शिक्षा का लागि ।
• वैज्ञानिक एवम् कम्प्युटर शिक्षा लागि ।
• अपांग विद्यार्थीमैत्री भौतिक संरचना निर्माण गर्न।
• हरेक सामुदायिक विद्यालय विद्यार्थीमैत्री वातावरण बनाउन।
• सकारात्मक शैक्षिक वातावरण निर्माण गर्न ।
• आन्दोलनका उपलब्धि संस्थागत गर्न ।
• जिल्ला भित्रका हरेक क्याम्पसको संगठनमा स्तरोन्नति ।
• समान व्यवहारको अनुभुतिका लागी ।

प्रकाशित मिति १ पुष २०७५, आईतवार १४:११