नेपाली काँग्रेस महाशिलाका सक्रिय कार्यकर्ताको सम्झानामा शोक सभा

असोज १७, पर्वत । नेपाल तरुण दल महाशिला गाउँपालिकाका प्रतिनिधी एवम् नेपाली काँग्रेसका सक्रिय युवा स्वर्गिय हेमवहादुर मल्लको १३ औँ दिनको पुण्य तिथीमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली काँग्रेस माहशिला गाउँपालिका वडा नं.५ लुंखुले श्रद्धाञ्जली सभाको आयोजना गरेको हो । असोज ५ गते निधन भएका २९ बर्षिय मल्ल पार्टीको बफादार कार्यकर्ता रहेको शोकसभामा उपस्थिती नेताहरुले बताएका थिए ।
कार्यक्रममा नेपाली काँग्रेस पर्वतका सचिव अशोक उच्चै ठकुरीले स्वर्गिय मल्लले पार्टी प्रति योगदान दिई पार्टी कार्यमा सदैव क्रियाशिल रहेकाले पार्टीले उनका कार्यको मुल्याङ्कन गर्ने बताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका ठकुरीले मल्लको असामयिक निधनले सिङ्गो पार्टी शोकाकुल भएको बताए ।
कार्यक्रममा नेपाली काँग्रेस महाशिला गाउँपालिकाका नेता उज्वल गुरुङले स्वर्गिय मल्लको कार्यको मूल्याङ्कन गर्नु र परिवारको ख्याल गर्नु पार्टीको दायित्व भएको बताए । कार्यक्रममा नेपाली काँग्रेसका नेता चन्द्रवहादुर मल्ल, नेपाली काँग्रेसका पूर्व क्षेत्रिय सचिव धर्मराज शर्मा सहिद स्मृति प्रतिस्ठानको अध्यक्ष कमल ठकुरी र तरुण दलका प्रतिनिधी बिरेन्द्र मल्लहरुले शोक मन्तव्य राखेका थिए ।
नेपाली काँग्रेस माहशिला गाउँपालिका वडा नं.५ लुंखुका सभापति डिल्लीराम पौडेल सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन नेवि संघ महाशिलाका अध्यक्ष बिशाल नेपालीले गर्नुभएको थियो ।

प्रकाशित मिति १७ आश्विन २०७७, शनिबार ११:२९