सञ्चारिका समूह गण्डकी गठनमा एकलौटी गरेको भन्दै विरोध

पर्वत । सञ्चारिका समूह गण्डकी प्रदेश समिति गठनमा प्रेस चौतारी र प्रेश सेण्टरले समूहले एकलौटी गरेको छ । सञ्चारिका समूहमा प्रेश यूनियनलाई जानकारी नै नदिई कार्यसमिति बिस्तार गरिएको छ ।

कार्यसमितिमै नरहेका व्याक्तिलाई ल्याएर अध्यक्ष बनाइएको छ । सञ्चारिका समूह गण्डकी प्रदेशको अध्यक्ष स्मिता अधिकारीलाई अध्यक्ष बनाइएको छ । अधिकारी कार्यसमितिमा सदस्य समेत थिईनन् ।

केन्द्रले अधिबेशन रोक्न निर्देशन दिँदा दिँदै पनि एकलौटी अधिबेशन गरेको भन्दै प्रेश यूनियन संग सम्बद्ध सदस्यहरु आन्दोलित भएका छन् । केन्द्रको नियम र नितीको अवहेलना गरेको भन्दै विज्ञप्ती निकाल्दै बिरोध जनाइएको छ ।

‘अधिवेशन स्थगित गरिएको पत्र प्रदेश संयोजकलाई तोकी संचारिका समूहको विधान दफा १२ को उपदफा ७ ९घ० बमोजिम प्रदेश समितिको अधिवेशन हाललाई स्थगीत गरिएको जानकारी गराउँछु भनी केन्द्रिय अध्यक्ष नितु पण्डितद्धारा हस्ताक्षरित निर्देशनात्मक पत्रलाई लत्याई गठन गरिएको कार्यसमिति बैधानिक हुनै नसक्ने हाम्रो निष्कर्ष छ ,’ विज्ञप्ती मार्फत भनिएको छ ।

विगत २३ बर्षदेखि महिला हक हितको लागि कार्यरत संचारिका समूहको केन्द्रदेखि जिल्ला तहसम्म सबैलाई समेट्ने गरि नेतृत्व चयन गरेकोमा आपत्ति रहेको विज्ञप्तीमा उल्लेख छ । गण्डकी प्रदेश समिति भनिएपनि कास्की बाहेक अन्य जिल्लाका पत्रकारहरुको प्रतिनिधित्व छैन ।

सदस्यता वितरण तथा निर्वाचन कमिटी नै बैधानिक नभएकोले पुनः केन्द्रिय विधान अनुसार केन्द्रकै समन्वयमा पुनः निर्वाचनको प्रक्रिया अघि बढाउन माग गरिएको छ ।

प्रकाशित मिति ३ पुष २०७५, मंगलवार ०३:०९