बसका सबै सिटमा यात्रु राख्न चर्को दबाब

असोज १८, काठमाडौं । प्रतिदिन तीव्र रूपमा कोरोना संक्रमित थपिरहेकै अवस्थामा बसको सिट भरी यात्रु राख्ने तयारी थालिएको छ । यातायात व्यवसायीको चर्को दबाबपछि सिटभरी यात्रु राख्ने तयारी गरिएको हो । यातायात व्यवस्था विभागले गाडीको सबै सिटमा यात्रु राख्न अनुमतिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पत्रसमेत पठाएको छ ।

यसअघि, मन्त्रिपरिषद्ले सार्वजनिक सवारी साधन सञ्चालनका लागि सिट क्षमताको आधामात्र यात्रु राख्न दिनेगरी निर्णय गरेको थियो । विभागले भने सिटभरी यात्रु राख्ने निर्णय गर्न मन्त्रालयमा पत्राचार गरेको हो ।

सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि दोब्बर भाडा लिन पाउने तर यात्रु भने आधामात्र बोक्न पाउने निर्णय गरे पनि व्यवसायीले भने सिटभरी यात्रु बोक्न पाउनुपर्ने माग गर्दै दबाब दिइरहेका छन् ।

प्रकाशित मिति १८ आश्विन २०७७, आईतवार ०३:०४