मुस्ताङमा ७ महिनापछि खुले टिकट बुकिङ काउन्टर

असोज १८, काठमाडौं । कोरोनामुक्त जिल्ला मुस्ताङमा शनिबारदेखि लामो दुरीको यातायात टिकट बुकिङ काउन्टर खुलेको छ। नेपाल सरकार मन्त्रिपरिषदको बैठकले गत असोज १ गतेदेखि लामो दुरीका यातायात तथा आन्तरिक उडान खुल्ला गर्ने निर्णय बमोजिम मुस्ताङमा झन्डै ७ महिनापछि सदरमुकाम जोमसोममा लामोदुरीको यातायात टिकट बुकिङ काउन्टर खुल्ला भएको हो।

श्निबारदेखि मुस्ताङको जोमसोममा काठमाडौं–पोखरा–जोमसोमका लागि घोडाघोडी यातायात प्रा.लि। ,पोखरा–बेनी–मुस्ताङका लागि म्याग्दी कोरला यातायात प्रा।लि। र मुस्ताङ मुक्तिनाथ यातायात प्रा।लि। लगायतका टिकट बुकिङ काउन्टर खुलेको हो। जोमसोममा टिकट बुकिङ काउन्टर खुलेसँगै मुस्ताङमा स्थानीय, कर्मचारी, शिक्षक र सुरक्षा निकाय खुसी भएका छन्।साभार–अन्नपूर्ण पोष्टवाट

प्रकाशित मिति १८ आश्विन २०७७, आईतवार ०३:१५