दुई महिनामा पाँच गैँडा मरे

असोज १८, चितवन । चालू आर्थिक वर्ष २०७७/७८ को साढे दुई महिनामा चितवन राष्ट्रिय निकुञ्जमा पाँचवटा गैँडा मरेका छन् । चारवटा गैँडा प्राकृतिक कारणले मरेको भए पनि एउटा गैँडा भने चोरी सिकारीका कारण मरेको निकुञ्जले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अशोक रामका अनुसार साउनमा एउटा, भदौ र असोजमा दुई/दुई वटा गैँडा मरेका हुन् ।

प्रकाशित मिति १८ आश्विन २०७७, आईतवार ०५:०६